अक्षतेमा युवती मृत फेला

आदर्श अनलाइन, बागलुङ
काठेखोलामा एक युवतिको शव फेला परेको छ । काठेखोला गाउँपालिका वडा नम्बर १ चनौटे की १७ वर्षीया छायाँ थापाको शव अक्षते खोला किनार फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।

सोमबार बिहान खोला किनार शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेको र खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी प्रमुख कृष्णबहादुर पल्ली मगरको टोली घटना स्थलमा पुगेको थियो ।

घरमा सामान्य विवाद हुँदा उनले भिरबाट हाम फालेको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको इकवाल हवारीले आदर्श अनलाइनलाई जानकारी दिनुभयो । यस विषयमा थप अनुसन्धान भइरहेको प्ररीले जनाएको छ । युवतीको शवको पोस्टमार्टम गरि परिवारले बुझेको हवारीको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *