बागलुङका चारसहित गण्डकीमा थप २० संक्रमितकाे मृत्यु

आदर्श अनलाइन, बागलुङ

गण्डकी प्रदेशमा पछिल्लाे २४ घण्टामा थप २० जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । पोखराका अस्पतालहरुमा उपचाररत १५ जनासहित गण्डकी प्रदेशमा २० जना कोरोना संक्रमितहरुको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएकाे छ ।

मृतकहरु बागलुङका ४ जना, स्याङजाका ६ जना, पर्वतका ४ जना, तनहुँका २ जना, कास्कीका १ जना,  मुस्ताङका १ जना र रुपन्देही जिल्लाका २ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

याेसँगै गण्डकीमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ५५१ पुगेकाे छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *