धौलागिरी अस्पतालमा थपिदै नयाँ एम्बुलेन्स

–एसके जिएम, बागलुङ

अष्ट्रेलियामा रहेका बागलुङवासीले धौलागिरी अस्पतालमा अत्याधुनिक एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गरेका छन् ।

अस्पतालमा अहिले एउटा एम्बुलेन्स रहेकोमा बागलुङ अष्टे«लिया समाजको सहयोगमा नयाँ एम्बुलेन्स थपिने भएको छ ।

बागलुङबाट अध्ययन तथा रोजगारीको शिलसिलामा अष्ट्रेलियामा रहेका बागलुङवासीले कोरोना संकटमा साथ दिनका लागि अत्याधुनिक एमबुलेन्स खरिद गर्ने अभियान चलाएका छन् । उनिहरुले कोरोना संक्रमण अथवा कुनैपनि पनि रोगबाट कसैले पनि अकालमा ज्यान गुमाउन नपरोध भन्ने उद्देश्यले अत्याधुनिक एम्बुलेन्स खरिदका लागि आर्थिक संकलन अभियान चलाएको र पहिलो चरणमा रु. १० लाख हस्तान्तरण गरेको बागलुङ घर भई अष्ट्रेलियामा रहेका नेपालीहरुले जानकारी दिएका छन् ।

सुविधा सम्पन्न एम्बुलेन्सको अभावमा कतिपय बिरामीको अस्पताल पु¥ाउदा नै ज्यान जाने अवस्थालाई मध्यनजर गरी अस्पतालले एम्बुलेन्स खरिद गर्ने गरी रकम पठाएको भनाई छ ।

सुविधा सम्पन्न अत्याधुनिक एम्वुलेन्स खरिदका लागि अष्ट्रेलियामा रहेका बागलुङवासीले पहिलो चरणमा १० लाख सहयोग गरेका छन् । भन्सार छुट सहित करिव २८ लाख ५० हजारमा खरिद गरीने एम्बुलेन्स जिल्लामा अहिले सञ्चालनमा आएका एम्बुलेन्स भन्दा फरक र सुविधा सम्पन्न हुनेछ । नयाँ एम्बुलेन्समा दुई विरामी, स्वास्थ्यकर्मी र आवश्यक उपकरण राख्न सकिनेछ ।

एम्बुलेन्स खरिदका लागि बाँकी रकम एक हप्तामै आउने र एक महिना भित्रै अस्पतालमा नयाँ एम्बुलेनस सञ्चालनमा ल्याउने धौलागिरी अस्पताल व्यवस्थापन समिति बागलुङका अध्यक्ष केबी राना मगरले बताउनुभयो ।

पहिलो चरणको दश लाखको चेक सुमन बिष्टका बुवा तिलक बिष्टले धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवि राना मगरलाई हस्तान्तरण गर्नु भएको थियो । अस्पतालका अध्यक्ष राना मगरले अस्पतालको सिङ्गो टिम र सहयोगीहरुको साथका कारण अस्पतालले मुहार फेरेको बताउदै अस्तालमा आधुनिक एम्बुलेन्स आउदा दुखी तथा गरिबको लागि सहयोगी बन्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *