आदर्श अनलाइन, बागलुङ
जैमिनीमा एकै पटक ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पताल बागलुङमा गरिएको परीक्षणमा नगरपालिकाका विभिन्न वडाका ७४ जनामा कोरोना पुष्टि भएको हो ।
जैमिनी नगरपालिका वडा नम्बर १० एक जना, वाड नम्बर ८ छिस्तीका ४ जना, वडा नम्बर ७ जैदिका २३ जना, वडा नम्बर ६ अर्जेवाका २३ जना, वडा नम्बर ५ बिनामारेका १० जना वडा नम्बर ३ उपल्लो दमेकका १ जना, वडा नम्बर २ तल्लो दमेकका ८ जना र वडा नम्बर १ कुश्मिसेराका ४ जनामा संक्रमण पुष्टि भएको नगर स्वास्थ्य शाखाका संयोजक गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो ।
कोरोना पुष्टि भएका मध्ये वडा नम्बर ३ का एक जना, वडा नम्बर १० का एक जना र वडा नम्बर २ का दुई जनाको बागलुङ आएर परिक्षण गराउँदा संक्रमण देखिएको हो । जेठ ६ र ७ गते वडा वडामै पुगेर नगरपालिकाले १ सय ९ जनाको स्वाव संकलन गरी बागलुङ ल्याइएको थियो ।