राष्ट्रपति र प्रधानमन्त्रीले संविधानलाई ध्वस्त पारे : चित्र बहादुर केसी

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्रीकेपी शर्मा ओली मिलेर संविधानलाई ध्वस्त पारेको आरोप लगाउनु भएको छ ।

बागलुङ जेसिजको आयोजनामा भर्चुअल मार्फत भएको ‘अन्यौल ग्रस्त राजनीति र युवाको भविष्य’ विषय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै केसीले जनता कोरोना महामारीको शिकार भइरहेको अवस्थामा चुनावको मिति घोषणा गरिनुले सरकार जनताप्रति उत्तरदायी नभएको प्रस्ट हुने बताउनुभयो ।

अध्यक्ष केसीले देशमा चुनाव भए एमालेलाई नेपाली जनताले पत्तासाफ गर्ने दाबी गर्नु भयो । उहाँले प्रधानमन्त्री ओलीले संविधान, संसद र आफ्नो पाटीलाई एकै साथ ध्वस्त पारेको भन्दै अब नेपाली इतिहासमा एमालेको अस्तित्व समाप्त हुने बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाले सधै राम्रो काम गर्नेलाई समथर्न गरेको भन्दै प्रधानमन्त्रीले अहिले संसद विघटन गरी संविधानको धज्जी उडाएको भन्दै यसमा राष्ट्रिय जनमोर्चा सति जान नसक्ने केसीले भनाई थियो । ‘ओलीको काँध गनाई सक्यो अब जनमोर्चाले बोक्न सक्दैन, राम्रो काम गरेको बेला हामीले सर्मथन गरेकै हो, सहयोग गरेको हो अब सक्दैनौँ ।’ केसीले भन्नुभयो ।

उहाँले संघीयताको आवश्यकता नरहेको अहिले नेपाली जनताले बुझिसकेको भन्दै राजनीति जनताका लागि भन्दा व्यक्तीगत स्वार्थका लागि गर्नेहरुको जमात बढेको बताउनुभयो । यस्ता हर्कत गर्नेलाई अब युवाहरुले खबरदार गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल जेसिज वर्ष २०२१ का कानुनी सल्लाकार गोकुल सापकोट, जेसिजको भगिनी शाखा देवदह जेजिसका अध्यक्ष केशव न्यौपानेले लगायतको बोलेका थिए ।

कार्यक्रममा बागलुङ जेसिजका सह–सचिव सुराक शाक्यले जेसिजको आस्था पाठ, जेसिज मिसन र जेसिज भिजनको बारेमा प्रस्टाएका थिए । कार्यक्रम बागलुङ जेसिजका अध्यक्ष आनन्द प्रसाद रेग्मीको अध्यक्षता र कार्यकारिणी उपाध्यक्ष साधना पन्तको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *