संक्रमितको घर–घरमा स्वास्थ्यकर्मी सहित रेशका वडा अध्यक्ष


आदर्श अनलाइन, बागलुङ
कोरोना संक्रमितलाई हौसला प्रदान गर्न अहिले बागलुङ जिल्लाका जनप्रतिनिधिहरु संक्रिय भएर लागेका छन् । यसैक्रममा बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेशका वडा अध्यक्ष प्रेम लामिछाने संक्रमितको हौसला प्रदान गर्न स्वास्थ्यक्रर्मी सहित घर घर पुग्नुभएको छ ।

वडा अध्यक्ष, वडा सदस्य तथा स्वास्थ्यकर्मी सहितको समूहले रेश भित्र रहेका होम आईसोलेसनमा रहेका बिरामीको स्वास्थ्य अवस्था जाँच गर्ने, हौसला प्रदान गर्नै जस्ता कार्य गरिरहेको वडा कार्यालयले जनाएको छ ।

समूहका स्वास्थ्यकर्मीले ज्वरो परिक्षण र रक्तचाप लगायतका सामान्य स्वास्थ्य परिक्षण गर्दै कोरोना बाट बच्ने उपाय, खाने कुराका विषयमा जानकारी गराइएको वडा अध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।

स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिने, होम आइसोलेसनमा बस्दा अपनाउनुपर्ने विभिन्न विधिहरूको बारेमा जानकारी गराउने, मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री र पोषिलो खानेकुरा खाने लगायत स्वास्थ्य मापदण्डको बारेमा जानकारी दिईरहेको उहाँको भनाई रहेको छ । रेशमा अहिले २९ जना संक्रिय संक्रमितहरु होम आइसोलेसनमा बस्दै आउनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *