पर्वतमा एक हप्ता निषेधाज्ञा थप

आदर्श अनलाइन, पर्वत
पर्वतमा निषेधाज्ञामा फेरि कडाई गर्दै एक हप्ता थप गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले जेठ २२ गते सम्मलाई निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यस अघि घोषणा भएको निषेधाज्ञा शनिवार राती १२ बजेसम्म रहेको थियो ।

सर्वसाधारणहरुलाई अत्यावश्यक काम नपरी घरबाट बाहिर ननिस्कन, बजारमा नडुल्न, मास्कको प्रयोग गर्न, भौतिक दुरी कायम गर्न र सरसफाईमा ध्यान दिन भनिएको छ ।

बजारमा बिना काममा डुलेमा प्रहरीले संक्रामक रोग नियन्त्रण सम्बन्धि नयाँ अध्यादेश अनुसार कारबाही हुने जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *