बागलुङमा एकैदिन तीन कोरोना संक्रमितको मृत्यु


आदर्श अनलाइन, बागलुङ
शुक्रबार बागलुङमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संगै बागलुङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

शुक्रबार दुई जनाको धौलागिरी अस्पताल र एक जनाको ढोरपाटन कोरोना अस्पातलमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालका कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेले जानकारी दिनुभयो । शुक्रबार बिहान जिल्लाको तमानखोला गाउँपालिका–५ निवासी ६७ वर्षिया महिलाको धौलागिरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

यस्तै शुक्रबार दिउसो जिल्लाको बरेङ गाउँपालिका–१ निवासी ६५ वर्षको पुरुषको धौलागिरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै जिल्लाको ढोरपाटन नगरपालिकाको कोरोना अस्पतालमा ढोरपाटन नगरपालिका–५ निवासी ६५ वर्षको पुरुषको मृत्यु भएको हो । उहाँको शुक्रबार बिहानै एन्टिजेन्ट परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । कोरोनाको गम्भिर लक्षण देखिदा समेत संक्रमित घरमै बसनु र अन्तिम अवस्थामा अस्पतालमा आउदा मृत्युदर बढ्दै गएको घिमिरेले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *