बागलुङमा थप एक संक्रमितको मृत्यु

आदर्श अनलाइन, बागलुङ
कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर वडा नम्बर १ की ७० वर्षीया महिला संक्रमितको मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि जेठ एक गते धौलागिरी अस्पतालमा भर्ना भएकी उनको मंगलबार राति १२ : २५ मा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।

योसँगै बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *