पहिरोले स्वास्थ्य चौकी उच्च जोखिममा, सडक अबरुद्व

आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिका–८ सिगानाको स्वास्थ्य चौकी पहिराको उच्च जोखिममा परेको छ । निरन्तरको वर्षातका कारण स्वास्थ्य चौकी भवन तल पहिरो गएका कारण स्वास्थ्य चौकीको भवन भत्किने जोखिममा छ भने लामीचौर हुँदै बौडेचौर चापाखर्क जाने सकड बन्द भएको छ ।

दुई वर्ष पहिला निर्माण भएको उक्त स्वास्थय चौकीको नयाँ भवन तल गत वर्ष पहिरो जाँदा भवन चर्किएको थियो । अहिले लगातार चार तीन परेको वर्षाका कारण पहिरो बढेर स्वास्य चौकी तलको सडक समेत बन्द अवरुद्ध भएको स्वास्थ्य चौकी इन्चार्ज विष्णु प्रसाद शर्माले जानकारी दिनुभयो ।
पहिरोको उच्च जोखिममा रहेर भवन समेत चर्केको अवस्थामा उपचार सेवाका लागि समेत जोखिम हुन सक्ने उहाँको भनाई छ । बागलुङ नगरपालिका देखि लामाचौर हुँदै बौडेचौर जाने सडकको घुम्तीदेखि पहिरो गएका कारण स्वास्थ्य चौकी पूर्ण रुपमा खतरामा रहेको र सडकको समेत विकल्प खोज्नुपर्ने अवस्था आएको छ ।

“स्वास्थ्य चौकीको खानेपानी ट्याङ्की गत वर्षनै भासिएको थियो, अहिले अझ पहिरो बढेर सडक समेत पुरेको छ भवनको केही भाग चर्किएको छ,” शर्माले भन्नुभयो “भवन निर्माण गर्दा उपर्युक्त जग्गा छनोट नभएको र अव्यवस्थित सडकका कारण नवनिर्मित स्वास्थ्य चौकी पहिरोको जोखिममा परेको छ ।”

तत्कालै पहिरोको विषयमा बागलुङ नगरपालिकालाई जानकारी गराए पछि नगरप्रमुख जनकराज पौडेलले सोमबार जोखिममा रहेको स्वास्थ्य चौकीको अवलोकन गर्नुभएको थियो । नगरप्रमुख पौडेलले तलै सडकबाट ग्याविन राखेर सडक खुलाउने र स्वास्थ्य चौकीको पहिरो रोकथाम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । तत्कालै समस्याको समाधान तर्फ नलाग्ने हो भने स्वास्थ्य चौकीनै विस्थापिन हुने खतरा भएको स्थानीयको गुनासो छ ।

स्वास्थ्य चौकीको अग्रभागमा रहेको ढलान छिया–छिया भएर चर्किएको छ । भवनको कम्पाउण्ड भत्किएको छ । झण्डै एक करोड ८२ लाखको लागतमा निर्माण गरिएको उक्त भवन दुई वर्षमै जोखिममा पर्ने अवस्था आउनु पूर्ववत योजनामा यथेष्ट सचेतता नअपनाउदाको परिणाम भएको स्थानीयले बताएका छन् ।

सरकारले भवन निर्माण गर्न बजेट दिए पनि उपर्युक्त जग्गा व्यवस्थापन नभई दाताको जग्गामा भवन निर्माण गर्दा जोखिममा परेको बागलुङ नगरपालिका–८ का वडाअध्यक्ष राजन जिसीले जानकारी दिनुभयो ।

झण्डै २५० मिटर तलबाट निरन्तर पहिरो बगिरहेको छ । पहिराले स्वास्थ्य चौकी मुनीका तीन घर समेत उच्च जोखिममा परेको छ । पहिरोका कारण स्वास्थ्य चौकी मुनीका घरमा निरन्तर ढुङ्गा खसिरहेका छन् । पहिरो तत्काल रोकथामका लागि नगरपालिकाले पहलकदमी थालेको नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *