सांसद खारेजी पछि बागलुङका थापाको प्रतिक्रियाः मतदाताको अभिमत विपरित जान सकिन

–आदर्श अनलाइन, बागलुङ

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले पार्टी निर्णयमा प्रदेश सभाबाट हटाइए पछि आफू जनताको अभिमत विपरित जान नसक्दा कारबाही भोग्नुपर्ने अवस्था आएको बताउनुभएको छ ।

राजमोको बिहीबार बसेको केन्द्रीय बैठकले थापालाई सांसद पदबाट निष्कासन गरे लागत्तै आफ्नो फेसवुकमार्फ प्रतिक्रिया दिदै थापाले मतदाताको अभिमत विपरित जान नसकेको भन्दै मतदाता समक्षा माफी समेत माग्नुभएको छ ।

“कांगं्रेसको सरकार नबन्दा आफ्नो सांसद पद खारेज हुनु इतिहासको मजाक हो, इतिहासले मुल्याङ्कन गर्नेछ” थापाले भन्नुभयो “जनताको अभिमत विपरित जान सकिन, हजुरहरुको अभिमत प्रति हार्दिक नमन ।” थापा बागलुङ क्षेत्र नम्बर १ को ‘ख’ बाट प्रत्यक्ष निर्वाचित हुनुहुन्थ्यो । प्रदेश सभा निर्वाचनमा एमाले सँग गठबन्धन गरेर निर्वाचित भएको र अहिले एमाले नेतृत्वकै सरकार बिरुद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्न राजनीतिक र नैतिक रुपमा पनि नमिल्ने उहाँको अडान थियो ।

यसअघि थापालाई पार्टीले कारबाही गर्दै आजीवन केन्द्रीय सदस्य हुन नपाउने र एक वर्षका लागि पार्टी सदस्यबाट निलम्बन गर्दै दलको नेताबाट पनि हटाएको थियो । सरकारविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि दलले समर्थन गरिरहँदा थापाले पार्टीको निर्देशन उल्लंघन गर्दै एमालेलाई सहयोग गर्दै आउनुभएको थियो । जिल्लामा एमाले गठबन्धन संग मिलेर चुनाव लड्नुभएका थापाले पटकपटक कांग्रेसलाई सर्मथन गर्नु जनताको अभिमत विपरित हुने बताउदै आउनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *