सामूहिक बलात्कार: चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

–आदर्श अनलाइन, बागलुङ


बागलुङमा सामूहिक बलात्कार घटनाका दोषीलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

बागलुङ नगरपालिका वडा नं. ४ की १६ वर्षिया किशोरीलाई बलात्कार गरेको आरोप लागेका चार जनालाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

अदालतका सूचना अधिकारी सूर्य प्रसाद भण्डारीका अनुसार इजलाशले चार जना पुरुषलाई कारागारमा र एक जना १५ वर्षिया बालिकालाई सुधार गृहमा राख्न आदेश दिएको हो । उनीहरुले गत वैशाख २३ गते राती बागलुङ नगरपालिका वडा नं. ४ उपल्लाचौरमा ती किशोरीलाई बलात्कार गरेको मुद्दा परेको थियो ।

बलात्कारपछि किशोरीकी आमाले जिल्ला प्रहरी कार्यालय बागलुङ उजुरी दिएपछि घटना बाहिर आएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार बागलुङ नगरपालिका वडा नं. ४ का ३५ वर्षिय राजेन्द्र सुवेदी उपाध्याय, सोही ठाउँका ३६ वर्षिय गिरिजा भन्ने राजु कंडेल, ३२ वर्षिय दिनेश घर्ति क्षेत्री र २५ वर्षिय गोकुल पुनलाई पुर्पक्षको लागि कारागार पठाईएको हो ।

बागलुङ नगरपालिका वडा नं. ३ घर भएकी १५ वर्षिया बालिकालाई सुधार गृहमा राख्न अदालतले आदेश दिएको भण्डारीले जानकारी दिनुभयो । विभिन्न प्रलोभनमा पारेर चार जनाले सामुहिक बलात्कार गरेको भन्दै किशोरीकी आमाले प्रहरीमा उजुरी दिएपछि प्रहरीले उनिहरुलाई पक्राउ गरेको थियो । सरकारी वकिल कार्यालयले जेठ २ गते बागलुङ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *