कृष्ण थापा सेटिङवाला पार्टीमा गइसके : अध्यक्ष केसी

आदर्श अनलाइन, पोखरा
गण्डकीमा सरकार जोगाउने-गिराउने निर्णायक राष्ट्रिय जनमोर्चा विभाजित हुँदा कुनै पनि शक्तिको बहुमत पुग्ने अवस्था छैन । राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले प्रदेश पनि समस्याको बाटोमा गएको बताएका छन् । पार्टीकाे निर्देशन नमान्ने सांसदलाई गरिएको कारबाही सर्वोच्च अदालतको सेटिङमा बदर गरिएको केसीले बताएका छन् ।

‘सांसद थापालाई पार्टीबाट निश्कासन गरिसकेपछि उनी हाम्रै पार्टीमा आउँछन्, बस्छन् भनेर निकालेको हो र ? उनी त सेटिङवाला पार्टीमा गइसके नि,’ केसीले भने, ‘पार्टीले कारबाही गरेको सांसदलाई मुद्धा छिन्ने र फेरि सांसद बनाइदिने कहाँको न्यायाधीश खोज्नु ? ओलीले राखेका थिए, सेटिङ मिलाएर ।’

संसदीय व्यवस्थाभित्र पार्टीको निर्देशन नमान्ने सांसदलाई जुनसुकै पार्टीले पनि निकाल्ने र त्यो सर्वोच्चले नउल्ट्याउने उनको भनाइ थियो । केसीले भने, ‘ओलीकै निर्देशनमा प्रदेशमा अस्थिरता ल्याउने काम भइरहेको छ । प्रदेशलाई पनि निर्वाचनमै लैजाने खेल भइरहेको छ । यो निर्वाचन गर्ने बेला हो ?’

कृष्ण थापाको कृपाले गण्डकी प्रदेशमा पनि मध्यावधिमा जाने देखिएको केसीले बताए । चुनावी सरकार भनेर घोषणा गर्ने र चुनावै हुन नसक्ने अवस्था आउने उनको तर्क छ । ‘अब फेरि सांसद खरिद गर्न पाए, सत्ता जोगाउलान्,’ केसीले भने, ‘जनताको औषधि उपचार गर्ने कुरा भएन, अब सांसद खरिदविक्री गर्ने सत्तामा रमाउने त होला ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *