मध्यपहाडी लोकमार्ग फ्लोअप : बिहुँ खण्डमा कालोपत्रे, तल्लो खण्डमा धमाधम काम


–खेमराज गौतम, बागलुङ
कोरोना कहरका बिच मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डमा प्रगति देखिएको छ ।
पाँच वर्ष अघि कालोपत्रे गर्ने भनिएको बागलुङ जिल्ला सदरमुकामदेखि घोडाबाँधे सम्मको २५ किलोमिटर सडक खण्डमा केही दिन यता परिणाम देखिने गरि धमाधम काम भइरहेको छ । ट्रयाक खुलेको २५ वर्ष पछि उक्त सडक खण्डमा कतै कालोपत्रे त कतै पूर्वाधारको काम भइरहेको छ । बागलुङ जिल्लाको दुर्गम क्षेत्रमा कालोपत्रे भइसकेको लोकमार्गको सदरमुकाम खण्डमा अहिले अहोरात्र काम भइरहेको आयोजनाले बताएको छ ।

कोरोना कहरमा समेत सरकारले ठूला विकासे आयोजनालाई निरन्तरता दिने भने पछि लोकमार्गमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर धमाधम काम भइरहेको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।

अहिले बागलुङ खण्डकोे घोडाबाधे बिहुँमा सडक धमाधम कालोपत्रे भइरहेको छ भने सदरमुकाम खण्डमा कालोपत्रेका लागि पूर्वाधार, नाली, ग्याविनका साथै ग्राभेलको काम भइरहेको छ । आयोजनाले कामदारलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर काम गर्न निर्माण व्यवसायी बिच समन्वय भएर काम गरिरहको मध्यपहाडी लोकमार्गका साइड इन्जिनियर उज्वल शर्माले जानकारी दिनुभयो ।

लामो समयदेखि अलपत्र पर्दै आएको लोकमार्ग कोरोना कहर र रोकथामका लागि जारी निषेधाज्ञा जारी भइरहेको सन्दर्भमा सडक निर्माणले गति लिएको छ । अहिले बिहुँको घोडाबाधे स्थित गणेशनाथ घुम्तीबाट जिल्ला सदरमुकाम तर्फ झण्डै एक किलोमिटर सडक कालोपत्रे भइसकेको छ । यही रफ्तारमा निर्माण कार्य अघि बढे धेरै उपलब्धी हुने इन्जिनियर शर्माको भनाई छ ।
बागलुङ सदर मुकाम खण्डमा अहिले दैनिक एक सय मजदुर तथा ५० ट्रिपर परिचालन छ । अहिले रात दिन सडक कालोपत्रेका लागि कच्चा सामाग्री बिछ्याउने कार्य भइरहेको छ । लोकमार्गको उपल्लाचौरदेखि बोक्से सम्म कालोपत्रेका लागि लगभग सडक तयार भइसकेको छ ।
“अहिले लोकमार्गमा निकै प्रगती देखिएको छ, निर्माण व्यवसायीलाई तिरन्तरको ताकेता र जनदबाब पछि २५ किलोमिटर मध्ये बिहुँमा कालोपत्रे शुरु भइसकेको र यस्तै कामको प्रगति तथा मौसम राम्रो भए सदरमुकाम खण्डमा समेत केही हप्तामै कालोपत्रे शुरु गर्ने उद्देश्य छ” शर्माले भन्नुभयो “निर्माण व्यवसायलाई काम गर्ने अन्तिम मौका पछि कामले कोरोना महामारीका बिच तिब्रता पाएको छ ।”

निर्माण सम्झौता भएको पाँच वर्ष पछि सदरमुकाम देखि घोडाँबाधे सम्म दुई खण्डमा बिभाजन गरी काम भइरहेको छ । उपल्लो खण्डमा ६ किलोमिटर सडक कालोपत्रेका लागि तयार समेत भइसकेको छ । असार सम्म मौसमले साथ दिए २५ किलोमिटर सडकमा आधा सडक कालोपत्रे गरिसक्ने योजना रहेको लोकमार्ग आयोजना कार्यालयका प्रमुख मेघराज मरासिनीले बताउनुभयो । अहिले सदरमुकाम खण्ड र बिहुँ खण्डको दुबै क्रसरले धमाधम कच्चा सामाग्री उत्पादन गरिरहेका छन् भने केही कच्चा सामाग्री ओढारचौरबाट ल्याइएको छ ।

सदरमुकाम खण्डको १३ किलोमिटर सडक मध्ये ओडारचौर देखि बोक्से सम्म सडक चौडा पार्ने, नाली बनाउने, ग्याभिन लगाउने, मेशीनरी वाल लगाउने र ग्राभेल गर्ने कार्य लगभग अन्तिम चरणमा पुगेको सदरमुकाम खण्ड निर्माणको जिम्मा पाएको भरत सिद्धि शाहीका प्रतिनिधि नवराज रावलले बताउनुुभयो । बागलुङ खण्डमा पन १ सय ४२ किलोमिटर सडक मध्ये दुर्गममा कालोपत्रे भइसकेको छ भने सुगममा बाँकी छ । अहिले जम्मा ४६ किलोमिटर मात्रै सडक कालोपत्रे गर्न बाँकी छ ।

२५ किलोमिटर सडक मध्ये बागलुङ बजार देखि अछेतेसम्मको ८ किलोमिटर र बिहुँ घोडाबाँधेको ९ किलोमिटर सडक असार सम्म कालोपत्रे गर्ने आयोजनाको लक्ष्य छ । उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत÷सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाधे खण्ड २०७२ माघ १० गते एमपी÷एससिएफ÷इसीसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता गरिएको थियो ।

आयोजनाले अहिले सम्म चार पटक सम्म म्याद थपिदै आएको छ भने अहिले दुबै खण्डको म्याद असार मसान्त सम्म मात्रै छ । असारसम्मको कालोपत्रे गरेको कार्यप्रगतिका आधारमा मात्रै आयोजनाको म्याद थप्ने आयोजनाको तयारी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *