जैमिनीमा रोग प्रतिरोधात्मक आयुर्वेद औषधी वितरण

–आदर्श अनलाइन, बागलुङ

कोरोना जित्नका लागि चाहिने रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेद औषधी जैमिनी नगरपालिकामा वितरण गरिएको छ ।

धौलागिरी आयुर्वेद औषधालयको आयोजनामा नगरपालिकाको कुश्मी प्राथमिक विद्यालयमा जेष्ठ नागरिकहरुलाई रोगप्रतिरोधात्मक क्षमता बढाउने उदेश्यमा केन्द्रित रहेर जनस्वास्थ्यका मापदण्डहरु पालना गर्दै र गराउदै जेष्ठ नागरिक आरोग्य कार्यक्रम संचालन गरेको धौलागिरी आयुर्वेद औषधालय बागलुङले जनाएको छ ।

कार्यक्रममा कोरोनाबाट बच्न आयुर्वेद औषधीको महत्वका विषयमा समेत सहभागीहरुलाई जानकारी गराइएको थियो । कार्यक्रमबाट ४२ जेष्ठ नागरिक सहित ५२ जना सेवाग्राहीले सेवा लिएको धौलागिरी आर्युवेद औषधालय बागलुङका प्रमुख डा. सरोज रायले बताउनुभयो ।


कार्यक्रममा निःशुल्क मधुमेह, उच्च रक्तचापको परिक्षण गरिनुका साथै विभिन्न रोग एवं रोगप्रतिरोधात्मक क्षमता बढाउने रसायन औषधीहरु ‘आयुर क्वाथ’, ‘गुर्जो, जेष्ठवासादी, याष्टीमधु मिश्रण’ च्यावन्प्रास, अश्वगन्धा, आमलकी, त्रिफला, महानारयान तैल, सितोपलादी अबिपत्तिकर, चन्द्रप्रभा वटी, सर्पागन्धा वटी आदि वितरण गरिएको थियो ।

कार्यक्रममा जैमिनी नगरपालिकाका नगर शिक्षा अधिकारी खेम प्रसाद आचर्य,
वडा सदस्य लक्ष्मण आचार्य, जैमिनी नगरपालिका स्थित आयुर्वेद औषधालयका डा. लक्ष्मी प्रसाद शर्मा लगायतले कोरोना कहरमा आयुर्वेद औषधालयको काम निकै राम्रो भएको बताउनुभएको थियो ।

कार्यक्रम धौलागिरी आयुर्वेद औषधालयका डा. कमल विक्रम पौडेलको अध्यक्षता तथा औषधालयका लेखा अधिकृत देव शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *