कोरोनाले बढायो आर्युेवेद औषधीको महत्व

आदर्श अनदाइन, बागलुङ
अस्पताल भन्दा पहिला सञ्चालनमा आएका आयुर्वेद औषधालय कोरोना आउनु भन्दा पहिला सुनसान प्रायः अवस्थामा थिए । आयुर्वेद औषधालयमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी फूर्सदिला हुन्थे । मानिसको आयुर्वेद भन्दा रासायनिक औषधी प्रतिको बढी भरोसा थियो ।

तर, पछिल्लो एक एक वर्ष यता देखिएको कोरोना भाइरसले आयुर्वेद औषधीको महत्व उल्लेख्य बढाएको छ । अहिले आयुर्वेद औषधालयका स्वास्थ्यकर्मीहरु समेत व्यस्त देखिन थालेका छन् । कोरोना जितेका अधिकांशले बेसार, गुर्जो, असुरो लगायतको सेवनका कारण कोरोना जितेको अनुभव सुनाउँछन् । संक्रिय संक्रमितहरु संक्रमणको बखत बेसार र गुर्जो पानी नखाने कमै भेटिएका छन् ।

कोरोनाको हाल सम्म कुनै औषधी नबनेका कारण कोरोना जित्न सहयोगीका रुपमा आर्युवेद औषधीको प्रयोग गर्ने क्रम उल्लेख्य बढेको धौलागिरी आयुर्वेद औषधालयले जनाएको छ । कार्यालयले यस क्रममै संक्रमितको हात–हातमा आयुर्वेद औषधी पु¥याउने अभियान चलाइरहेको छ ।

कोरोना संक्रमितलाई अनलाइन मार्फत योग अभ्यास गराउने देखि रोग प्रतिरोधात्मक औषधी वितरण सम्मको काम औषधालयले गर्दै आएको धौलागिरी आयुर्वेद औषधालय बागलुङका प्रमुख डा.सरोज रायले बताउनुभयो ।

“संक्रमितले आफूखुसी समेत आयुर्वेद औषधी सेवन गरेको पाइएको छ । तर, फोनबाटै भएपनि सल्लाह गरेर खाँदा राम्रो हुन्छ, गुर्जो, बेसार, अदुवा लगायतका औषधीको समेत मात्र मिलाएर खान आवश्यक हुन्छ, हामीले बारम्बार आइसोलेशन तथा होम आइसोलेशनमा गएर भन्दै र परामर्श गर्दै आयुर्वेदको महत्व दर्शाएका छौं” डा. रायले भन्नुभयो “अहिले कार्यालयबाट समेत दैनिक २० देखि ३० जना भन्दा बढीले हामीले कोरोना जित्न सहयोग गर्र्न बनाएको औषधी प्रयोगका लागि लैजानु भएको छ भने करिब २ सय १२ जना कोरोना संक्रमितलाई कार्यालयले पालिकासंग समन्वय गरेर औषधी वितरण गरेको छ ।” कोरोनाको पहिलो लहर पछि निरन्तर रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधीको माग भएको र अहिले सम्म ७ सय ५४ जनाले उक्त औषधी लगेको औषधालयको भनाई छ ।

कोरोनाले आयुर्वेद औषधी प्रतिको भरोसा समेत बढाउदै लगेको र लोपन्मुख जडिबुटीको समेत संरक्षणमा टेवा पु¥याउने उहाँको भनाई छ । गुर्जो गुमना जस्तै थियो तर कोरोनामा एकाएक चर्चामा आयो अहिले कतिपय स्थानमा गुर्जो खेती समेत गर्दै आएको पाइएको छ ।

कोरोना संक्रमित भई होम आइसोलेशन तथा आइसोलेशनमा बसेकाले कुनै न कुनै हिसावले आयुर्वेद औषधी तथा औषधीजन्य पदार्थ सेवन गरेको डा.रायको दाबी छ । नेपालको पाँचौ कोरोना संक्रमित बागलुङकी अंशु सापकोटा र छैठौ संक्रमित मन कुमारी पौडेलले समेत आत्मबल र आयुर्वेद औषधीको सहारामा कोराना जितेको बताउनुभएको थियो ।

होम आइसोलेशनमा बसेर कोरोना जित्नुभएका पत्रकार नारायण रिजाल, स्थानीय दुर्गा सुवेदी लगायतले होमआइसोलेशनमा बस्दा गुर्जो, टिमुर, बेसार पानी, पुदीना, बोझो, दाल चिनी जस्ता आर्युेवेद औषधीको प्रयोग गरेको बताउनुहुन्छ ।

संक्रमित बिरामीलाई लक्षण अनुसारको आयुर्वेदिक औषधी, आहार÷विहार र योग तथा मनोसामाजिक परामर्श दिएर उपचार गरिरहेको औषधालयले जनाउँदै आएको छ ।
औषधालयको सेवा नपुगेको बरेङ गाउँपालिका, काठेखोला, ताराखोला, बडिगाड गाउँपालिकाहरुमा समेत नागरिक आरोग्य सेवा केन्द्र, पालिकाको स्वास्थ्य शाखा र अस्थायी कोभिड अस्पताल मार्फत् औषधीहरु पठाई सेवा दिइरहेको छ ।

औषधालयले उत्पादन गरेको “आयुर क्वाथ“, “गुर्जो, जेष्ठवासादी, याष्टीमधु मिश्रण”, अश्वगन्धा, गुडूची अमालाकी चुर्ण लगायतका संक्रमणबाट बच्न र रोगप्रतिरोधात्मक क्षमता बढाउने औषधीहरु वितरण गर्दे आएको छ । धौलागिरी आयुर्वेद औषधालयले उत्पादन गर्दै आएको “आयुर क्वाथ“, “गुर्जो, जेष्ठवासादी, याष्टीमधु मिश्रण”को प्रयोग निकै बढी प्रयोग गरिएको छ । उक्त औषधीले कोरोना लाग्नबाट जोगाउने, कोरोना लागेमा कोरोना जित्न मद्दत गर्ने, रोगप्रतिरोधात्मक क्षमता बढाउने तथा कोरोना पछिको रुघा, खोकी, छातिको दुखाई समेत कम गर्दै लैजाने डा. राय बताउनुहुन्छ ।

डा.रायका अनुसार कोरोना संक्रमणको अवस्थामा आयुर्वेद औषधी संगै दैनिक ४५ मिनेट योग अभ्यास गर्नुपर्नेछ । संक्रमितले स्वास्थकर्मीको परामर्शमा औषधी खाँदा अन्य असर नगर्ने उहाँ बताउनुहुन्छ । गुर्जोले सुगर र प्रेसर घटाउने भएकाले स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै आयुृर्वेद औषधी खान डाक्टर रायको सुझाव छ । उहाँका अनुसार गुर्जो, बेसार, जेष्ठवासादी, याष्टीमधु लगायतको मिश्रण धुलो दुई ग्राम पानीमा पकाएर खान सकिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *