सांसद कृष्ण थापालाई फेरि कारवाही

आदर्श अनलाइन, पोखरा

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई फेरि कारबाही गरेको छ । प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विपक्षमा मतदान गर्न पार्टीले जारी गरेको हृवीप उल्लंघन गरेको भन्दै पार्टी सदस्य समेत नहरने गरी थापालाई कारबाही गरेको हो । ले

प्रदेशसभामा हिजो मुख्यमन्त्रीले विश्वासको मत लिँदा उहाँ तटस्थ बस्नुभएको थियो । पार्टीले उहाँलाई पदमुक्त गरेको सूचना आज बस्ने प्रदेशसभाको बैठकमा दिने तयारी छ ।

यसअघि २० जेठमा पनि थापालाई जनमोर्चाले हृवीप उल्लंघन गरेको भन्दै प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको थियो । सांसद थापाले आफूलाई कानूनविपरीत कारवाही गरेको हुँदा पुनः बहाली गर्न माग गर्दै यही जेठ २३ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

सर्वोच्च अदालतले थापालाई पदमुक्त नगर्न अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीश डा कुमार चुडालको एकल इजलासले थापालाई पदमुक्त गर्ने निर्णयको कार्यान्यन गर्न अन्तरिम आदेश जारी गरेको हो । उक्त आदेशसँगै थापा पुनःबहाली हुनुभएको हो ।

“निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निजको गण्डकी प्रदेशसभा सदस्यको पद रिक्त गर्ने गरी भएका सम्पूर्ण निर्णयहरु तथा सोसम्बन्धी पत्रचार, सूचना, जानकारीसमेत कार्यान्वयन नगर्नु नगराउनु” आदेशमा भनिएको छ, “निज निवेदकलाई प्रदेशसभा बैठकमा नियमितरुपमा भाग लिन र सो हैसियतमा मतदान गर्ने, मत प्रकट गर्ने कार्यमा वञ्चित नगर्नु ।”

उक्त निवेदनमाथिको प्रारम्भिक सुनुवाइबाट ‘सुविधा र सन्तुलनमा क्षति पर्ने’ यो अन्तरिम आदेश जारी भएको हो ।पार्टीको निर्णयविपरीत एमालेका मुख्यमन्त्री गुरुङलाई साथ दिएको भन्दै थापालाई पार्टीले कारवाही गरी प्रदेशसभा सदस्यबाट पदमुक्त गराएको थियो ।

थापाले गुरुङको विकल्पमा अर्को सरकार बनाउने विपक्षी गठबन्धनमा हस्ताक्षर गर्न अस्वीकार गर्नुभएका थापा एमाले र जनमोर्चाको तालमेलका आधारमा बाग्लुङबाट विजयी हुनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *