बागलुङमा ट्याक्टरले ठक्कर दिदा शिक्षिकाको मृत्यु

आदर्श अनलाइन, बागलुङ
जिल्लाको बागलुङ नगरपालिका वडा नम्बर ६ लहरेपिपलमा ट्याक्टरले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।

ट्याक्टर ठक्कर दिदा बागलुङ नगरपालिका वडा नम्बर ४ पाखाथर निवासी ५२ वर्षीया कमला कुमारी शर्माको मृत्यु भएको वडा सचिव रुद्र केसीले जानकारी दिनुभयो ।

ग १ त ६३०३ नम्बरको ट्याक्टर सिकाउने क्रममा शिक्षिका शर्मालाई ठक्कर दिदा उहाँको घटनास्थलमै मृत्यु भएको वडा सचिव केसीको भनाई छ ।

मृतक शर्मा सोही गाउँको काफलठूटा आधारभूत विद्यालयकी शिक्षिका हुनुहुन्छ । प्रहरीले ट्याक्टर चालक सुरेश नेपाली र सह–चालक भुवन नेपालीलाई नियन्त्रणमा लिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *