गोरु काटेको आरोपमा गलकोटका १० जना पक्राउ


–आदर्श अनलाइन, बागलुङ

जिल्ला प्रहरी कार्यालयले गोरु काटेको आरोपमा १० युवालाई पक्राउ गरेको छ ।

शुक्रबार राती बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ ठुलपोखरी भन्ने स्थानमा गोरु काटी मासु खाएको भन्ने खबर प्राप्त भएपछि उनिहरुलाई नियन्त्रणमा लिएर शनिबार जिल्ला सदरमुकाम झिकाइएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा गल्लोट नगरपालिका–११ ठुलपोखरी बस्ने वर्ष ३१ को बिष्णु श्रीष, सोही स्थानको वर्ष ३६ को लाल बहादुर श्रीष, वर्ष ३२ को मोहन श्रीष, वर्ष ३८ को तुल बहादुर श्रीष, बर्ष ३० को यम बहादुर श्रीष, वर्ष ३५ को टंक सुनार, वर्ष २६ को मनोज श्रीष, वर्ष ४१ को झम काउच, वर्ष २८ को बल बहादुर बि.क र वर्ष ४४ को वेल बहादुर श्रीष रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *