बागलुङमा एक साता लकडाउन थपियो

आदर्श अनलाइन, बागलुङ

बागलुङमा थप एक साता लकडाउन थपिएको छ । कोरोना संक्रमणको दर नघटेपछि कोरोना संकट व्यवस्थापन (डिसिसिएसी)को आइतबार बसेको बैठकले थप एक साता लकडाउन थप्ने निर्णय गरेको हो ।

यस अवधीमा बैक तथा वित्तीय संस्था हप्तामा चार दिन विहान ७ बजेदेखि १० बजेसम्म खुल्ने बताइएको छ । कोरोनाको संक्रमण तीव्र रुपमा बढेपछि गत बैशाख २१ गतेदेखि लकडाउन सुरु भएको हो । बैंक तथा वित्तिय संस्था सहकारी समेत आइतबार, मंगलबार, बुधबार र शुक्रबार विहान ७ देखि १० वजे सम्म खुल्ला रहनेछन् ।

लकडाउन विभिन्न समयमा थपिँदै आएको छ । गत जेठ २२ गतेदेखि थपिएको लकडाउन सोमबार सकिँदै छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *