बरेङले सक्यो यस वर्षका सबै योजना

डम्मर बुढा मगर, बागलुङ
आर्थिक वर्ष सकिनै लाग्दा पालिकाहरु विकास योजना निर्माणको कामलाई तीव्रता दिन्छन् । यो नेपालको परिवेशमा परम्परागत संस्कार जस्तो बनिसकेको छ । यसमा अझ गत वर्षदेखि कोरोना संक्रमणको भयावह सुरु भए पछि काममा ढिलाई गर्नेहरुलाई यसले थप बाहना मिलेको छ । तर, यस्ता पालिका पनि छन्, जो कोरोना महामारीको यस्तो बेलामा पनि विकास निर्माणका कामलाई निरन्तरता दिए र आफूले लक्ष्य राखेको समय अवधीमा काम सक्ने तरखरमा छन् ।

यस मध्ये बागलुङको बरेङ गाउँपालिका पनि समयमै योजना सक्ने तरखरमा छ । बरेङ गाउँपालिकाले कोरोना कहरकै बिच पूर्वाधार निर्माणका योजना अन्तिम चरणमा पु¥याएको छ । चालु आर्थिक वर्ष २०७७÷०७८ मा परेका योजनामा मध्ये अधिकांश सकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिनुभयो ।

योजनाका अधिकांश कामहरु सकेको भन्दै भुक्तानी समेत गर्न कार्य अन्तिम अवस्थामा रहेको उहाँले बताउनुभयो । काम सकिए पनि १५ प्रतिशत मात्र भुक्तानी गर्न बाँकी रहेको उहाँको भनाई छ । ‘गाउँपालिकाले चालु आर्थिक वर्षमा तय भएका सबै योजनाहरु सकिएका छन्, केही वडामा काम हुँदै छ, ती पनि अन्तिम चरणमा पुगेका छन्,’ थापाले भन्नुभयो ‘योजना सम्पन्न भएकाको १५ प्रतिशत जति रकम भुक्तानी गर्न बाँकी, त्यो पनि केही दिनमै सकिनेछन् ।’

गाउँपालिकाले चालु आर्थिक वर्षका सबै योजनाहरु असार १० सम्म सक्ने लक्ष्य राखे भन्दै लक्ष्य अगावै सकिने थापाको दाबी छ । उहाँले वडा नम्बर ३, ४ र ५ को सबै योजना सम्पन्न भएको भन्दै वडा नम्बर १ र २ मा थोरै काम बाँकी रहेको र केही दिनमै सकिने जानकारी दिनुभयो । वडा नम्बर ५ ले पुस महिनामै सबै योजना सकेको थियो ।

गाउँपालिकामा यस वर्ष शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी लगायतका पूर्वाधार निर्माण तथा सुधार गरे भएको गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताउनुभयो । उहाँले नागरिकको आवश्यकता अनुसार विकासका गतिविधिलाई अगाडी बढाएको भन्दै कोरोना संकटकै बीच पनि योजनाका कामहरु भएको बताउनुभयो ।

उहाँले सबै योजनाका कामहरु अन्तिम अवस्थामा रहेको भन्दै सरकारले निर्दृष्ट गरेको स्वास्थ्य मापदण्डलाई पालना गरेर विकास निर्माणको कामलाई निरन्तरता दिएको बताउनुभयो । अध्यक्ष शर्माले लकडाउनको अवधीमा काम रोकिएको भए आफूहरु लक्ष्य अनुसार पुग्न नसक्ने भन्दै त्यस अवधीमा कामदारलाई पूर्ण सुरक्षा दिलाएर काममा लगाएको बताउनुभयो ।

‘चालु आर्थिक वर्षमा यहाँका नागरिकको आवश्यकता र मागको आधारमा काम भएका छन्, उनीहरुको आवश्यतालाई नै हामीले प्राथमितामा राखेर काम गरेका छौँ,’ अध्यक्ष शमाले भन्नुभयो ‘यस वर्ष तीव्र गतिमा काम चलेको बेला कोरोना संक्रमणको दास्रो लहर फैलियो, यसले विकास निर्माण अवरोध त पु¥यो, यद्यपी हामीले सबै किमिमका सुरक्षा मापदण्ड अपनाएर कामलाई अगाडी बढायौँ र अहिले अन्तिम अवस्थामा छौँ, अब केही दिनमै सबै योजना सकिने छन् ।’

गाउँपालिकामा चालु आर्थिक वर्षमा वर्ष ३४ करोड ९८ लाख ७० रुपैयाँ बजेट विनियोजन भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *