बागलुङ बजार जलमग्न (फोटो फिचर)


–आदर्श अनलाइन, बागलुङ
निरन्तरको वर्षातको कारण बागलुङ बजार जलमग्न भएको छ । बागलुङ बजारमा अव्यवस्थित नालीका कारण बागलुङ बजार जलमग्न भएको हो । बागलुङ बजारको रातामाटा देखि आएको भेल बागलुङ बजारमा छिरेपछी सडक नालीले धान्न नसकेपछि बागलुङ बजार जलमग्न भएको छ ।
बागलुङ बजारमा अव्यवस्थित घर निर्माण तथा सडकनाली थुनिदा बागलुङ बजार जलमग्न भएको स्थानीय रमेश पौडेलले बताउनुभयो ।


अहिले बागलुङ बजारको शिवधाराचोक, लालीगुराँस चोक, पुरानो गोदाम चोक डुवानमा परेको छ । सडक डुबान हुँदा एक दर्जन भन्दा बढी घरभित्र पानी पसेर क्षती पु¥याएको छ । नगरपालिकाले नालि व्यवस्थापनका लागि वर्षेनी बजेट विनियोजन गर्दै आएपनि सडक नाली अझै व्यवस्थित हुन सकेको छैन ।

तर अव्यवस्थित रुपमा निर्माणधीन घरले नाली बुझ्ने, नालीमा निर्माण सामाग्री राख्दा नाली थुनिएर झनै समस्या आएको हो । यस्मा नागरिकको समेत कमजोरी भएको स्थानीयको आरोप छ । स्थानीयले नालीमा जथाभावी फोहोर फाल्ने, निर्माण सामाग्री राख्ने जस्ता कार्य गर्दा यसको दोष नगरपालिकालाई पर्ने गरेको छ ।



अहिले बागलुङ बजारका धेरै सडक जलमग्न भएको र हालै मात्र निर्माण गरिएको कालोेपत्रे सडकमा समेत ढल पस्दा कालोपत्रेको टिकाउ कम हुँने स्थानीयको भनाई छ ।

तस्विर सुवास गौतम

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *