बाढीले मालढुंगा काठेखोला पुल भत्कियो,दक्षिणको सडक सम्बन्ध टुट्यो

तस्बिरः सुर्य लामिछाने

डम्मर बुढा मगर, बागलुङ

निरन्तर वर्षाका कारण बागलुङको मालढुङ्गा काठेखोला पुल बाढीले भत्काएको छ ।

कालिगण्डकी करिडोर अन्तरगतको मालढुङ्गा–कुश्मिसेरा सडक खण्डको काठेखोला पुलमा बाढीले ठूलो क्षति पु¥याएको हो ।

मंगलबार राति काठेखोलामा आएको बाढीले पुलको छेउछाउको भाग बगाएको बागलुङ नगरपालिका वडा नम्बर १ का वडा सदस्य सूर्य लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुलमा यात्रा गर्नै नमिल्ने गरि भत्किएको छ । पुल भत्किएपछि बागलुङको दक्षिण क्षेत्रको सिधा यात्रा टुटेको छ । बागलुङ नगरपालिका वडा नम्बर १२, १३, १४, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका नागरिकलाई बागलुङ बजार आउजाउमा समस्या परेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *