गण्डकी प्रदेशको बजेटमा बागलुङमा तीन योजना

डम्मर बुढा मगर, बागलुङ
गण्डकी प्रदेश सरकारले मंगलबार ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको छ । बजेटमा बागलुङका तीन योजना समावेश भएका छन् ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रस्तुत गर्नुभएको बजेटमा बागलुङको धौलागिरी अस्पताललाई २ सय शैया र ट्रमा सेन्टर सहित जनरल अस्पतालमा स्तरोन्नति गर्ने, नेपाल सरकारसँग समन्वय गरि बागलुङको बिहुँबाट गलकोटसम्म सुरुङ मार्ग र बागलुङको अर्नाकोट विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन समावेश भएको छ ।

अहिले धौलागिरी अस्पतालमा ५० शैया संचालनमा छन् । प्रदेश सरकारले ल्याएको बजेट कार्यान्वयन भए थप १ सय ५० शैया थप्नु पर्ने हुन्छ । धौलागिरी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा.शैलेन्द्र विक पोखरेलले ५० शैया संचालनमा रहे पनि प्रर्याप्त जनशक्ति नभएको बताउनुभयो ।

धौलागिरी अस्पतालको स्तरोन्नति गरि २ सय शैयाको पु¥याउनको लागि थप संरचना र जनशक्ति आवश्यक रहने डाक्टर पोखरेलको भनाई छ । त्यस्तै प्रदेश सरकारले यसै अवस्पताललाई ट्रमा सेन्टरको रुपमा स्तरोन्नती गरिने बजेटमा उल्लेख छ ।

विशेष गरि ट्रमा सेन्टरमा सामान्य चोट पटकदेखि गम्भीर प्रकारका चोट पटकको उपचार हुने गर्छ । हाल धौलागिरी अस्पतालमा समान्य किसिमको चोट पटकको उपचार हुँदै आए पनि गम्भीर घाइतेहरुको उपचारका लागि काठमाण्डौ पोखरा पठाउनु पर्ने अवस्था छ ।

धौलागिरी अस्पतालमा अहिले अन्य डाक्टरहरुले दुर्घटनामा परेर सामान्य तथा गम्भीर घाइते भएका बिरामीहरुको उपचार गरे पनि ट्रमा सेन्टरको लागि चिकित्सक र आवश्यक उपकरणहरु नभएको डा. पोखरेलले बताउनुभयो ।

उहाँले ट्रमा सेन्टर संचालनमा आउनु बागलुङमा बिल्कुलै नयाँ हुने बताउनुभयो । यसलाई संचालनमा ल्याउने गरि बजेट समेत बिनियोजन भए पनि कायान्वयनमा समस्या देखिएको थियो । ‘यहाँ ट्रमा सेन्टर संचालनमा लागि धेरै पहिले घोषणा भएको रैछ, तर कार्यान्वयन हुन सकेन,’ डाक्टर पोखरेलले भन्नुभयो ‘धौलागिरी अस्पतालमा ट्रमा सेन्टर संचालनका लागि दक्ष जनशक्ति र उपकरणको आवश्यक हुन्छ , सामान्य चोट पटकका बिरामीहरुको उपचार त हामीले पनि गर्दै आएका छौँ तर गम्भीर प्रकारको हुँदैन, ट्रमा सेन्टरमा खासगरी सामान्यदेखि गम्भीरसम्मको चोट लागेका बिरामीको उपचार हुन्छ, त्यस गरिने कामनै त्यही हो ।’

प्रदेश सरकारले काठेखोलाको बिहुँदेखि गलकोटसम्म सुरुङ मार्ग निर्माणका लागि केन्द्र सरकारसँग समन्वय गरि सम्भाव्यता अध्ययन गर्ने भएको छ । बिहुँदेखि गलकोटसम्म सुरुङ मार्ग निर्माण भएपछि पश्चिम बागलुङका जनतालाई सदरमुकाम आवत जावत गर्न धेरै सहज हुनेछ ।

यहाँ सुरुङ निर्माण भएमा करिब १५ किलोमिटर दूरी छोटो पर्ने छ भने करिब एक घण्टा छिटो हुने पाइन्छ । त्यस्तै प्रदेश सरकारले निसीखोला गाउँपालिका वडा नम्बर २ र ढोरपाटन नगरपालिकाको सिमानमा रहेको अर्नाकोटमा विमानस्थल निर्माणका लागि संभाव्यता अध्ययन गर्न बजेटमा समावेश गरेको छ ।

अर्नाकोटमा विमानस्थल निर्माणका लागि विभिन्न समयमा अध्ययन र सर्वे समेत भएका छन् । नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति दोर्ण कुवँरले पनि विभिन्न समयमा प्राबिधिक ल्याएर यहाँ संभाव्यता अध्ययन गराएका थिए ।

अर्नाकोटमा विमानस्थल निर्माण भए पश्चिम बागलुङका निसी, भूजी, तमान र बडिगाडका हजारौँ नागरिकलाई देशका ठूला–ठूला सहरमा पुग्न छिटो हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *