निरन्तरको वर्षातले बागलुङका विभिन्न स्थानमा दुई घर भत्किए : सात परिवार विस्थापित


–आदर्श अनलाइन, बागलुङ

निरन्तरको वर्षातका कारण बागलुङमा दुई घर भत्किएका छन् भने सात घर परिवार विस्थापित भएका छन् । वर्षापछि जिल्लाका विभिन्न स्थानमा आएको पहिरोले दुई घर पूणए रुपमा क्षती भएको र सात घर पहिरोको उच्च जोखिममा परी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बागलुङ नगरपालिका–७ पैरावारीमा घरमाथिबाट आएको पहिरोले एक घर भत्काएको छ भने एक घर उच्च जोखिममा पारेको छ । पहिरोका कारण स्थानीय रबिलाल गौतमको घर गोठ भत्काएको र गोठमा रहेको भैसी पुरिएर मृत्यु भएको छ भने सोही स्थानका महेन्द्र गौतमको घर उच्च जोखिममा परी परिवार विस्थापित भएका छन् ।

यस्तै वर्षातका कारण बागलुङ नगरपालिका–४ स्थित नन्दलाल पौडेलको घर भत्केको, सोही स्थानका प्रदिप शेरचनको २ तले पक्की घर पहिरोको कारण घर उच्च जोखिममा रहेको, माया जि.सी.को ईटाले बनेको १ तले कच्ची घर पहिरोको कारण घर उच्च जोखिम परेपछि विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।
यस्तै बागलुङ नगरपालिका १३ फर्सेडाडा बस्ने पार्वती पौडेलको घरको अगाडी र पछाडीबाट पहिरो आई घर उच्च जोखिममा परेको, बरेङ गाउँपालिका–१ भ्युडाडा वस्ने बिशाल बि.क.को घर जोखिममा रहेकाले विस्थापित भएका छन् ।

यस्तै गलकोट नगरपालिका–४ चमुवा स्थित चन्द्रकला क्षेत्रीको घर पछाडीवाट पहिरो आई ढुङगा माटोले बनेको ढुङगाको छानो भएको दुई तले कच्ची घर उच्च जोखिम परी विस्थापित हुनुभएको र सोही स्थानको डाँडाखेतमा देव बहादुर खत्रीको घर अघीबाट पहिरो गई घर उच्च जोखिममा परेपछि सुरक्षित स्थानमा सारिएको हवारीको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *