बागलुङमा विपदः ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा

आदर्श अनलाइन, बागलुङ
निरन्तरको वर्षाका कारण बागलुङमा ४१ घर परिवार विस्थापित भएका छन् । गत सोमबारदेखि निरन्तर परेको भारी वर्षाका कारण ४१ परिवारले घर छोडेर अन्यत्र आश्रय लिएर बस्न बाध्य बनेका छन् । यसमा अधिकको घर पूर्ण क्षति र केहीको आशिंक क्षति भएको जिल्ला प्रहर िकार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

बाढी पहिरोका कारण जिल्लामा ७ घर उच्च जोखिममा परेको र जुनसुकै बेला विस्थापित हुन सक्ने जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो । चार दिनेको लगातारको वर्षापछि आएको बाढी पहिरोले जिल्ला सदरमुकाम संग जोडिएका अधिकांश ग्रामिण सडक बन्द भएका छन् ।

जिल्लाको ताराखोला गाउँपालिकामा घर माथीबाट पहिरो आई घर बगाई वडा नम्बर– ५ स्थित भिरकुना भन्ने ठाउँमा लिला बहादुर विकको घर, मिठे विकको घर, टिकाराम विकको घरमा क्षति पुगेर विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बागलुङ नगरपालिका–७ पैरावारीमा घरमाथिबाट आएको पहिरोले एक घर भत्काएको छ भने एक घर उच्च जोखिममा पारेको छ । पहिरोका कारण स्थानीय रबिलाल गौतमको घर गोठ भत्काएको र गोठमा रहेको भैसी पुरिएर मरेको छ भने सोही स्थानका महेन्द्र गौतमको घर उच्च जोखिममा परेर परिवार विस्थापित भएका छन् ।

यस्तै, वर्षातका कारण बागलुङ नगरपालिका–४ स्थित नन्दलाल पौडेलको घर भत्केको, सोही स्थानका प्रदिप शेरचनको २ तले पक्की घर पहिरोको कारण घर उच्च जोखिममा परेको छ । माया जि.सी.को ईटाले बनेको १ तले कच्ची घर पहिरोको कारण घर उच्च जोखिम परेपछि विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी हवारीले जानकारी दिनुभयो ।

बागलुङ नगरपालिका १३ फर्सेडाँडा बस्ने पार्वती पौडेलको घरको अगाडी र पछाडीबाट पहिरो आई घर उच्च जोखिममा परेको, बरेङ गाउँपालिका–१ भ्युडाडा वस्ने बिशाल बि.क.को घर जोखिममा रहेकाले विस्थापित भएका छन् ।

गलकोट नगरपालिका–४ चमुवा स्थित चन्द्रकला क्षेत्रीको घर पछाडीवाट पहिरो आई ढुङगा माटोले बनेको ढुङगाको छानो भएको दुई तले कच्ची घर उच्च जोखिम परी विस्थापित हुनुभएको र सोही स्थानको डाँडाखेतमा देव बहादुर खत्रीको घर अघीबाट पहिरो गई घर उच्च जोखिममा परेपछि सुरक्षित स्थानमा सारिएको हवारीको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *