स्वास्थ्यदेखि सञ्चारसम्म बरेङको बजेट (पूर्ण पाठसहित)

डम्मर बुढा मगर, बागलुङ
बागलुङको बरेङ गाउँपालिकाले शनिबार नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । उँपालिकाले यस वर्ष कोरोना महामारीलाई रोकथामका साथसाथै नागरिकका आवश्यकतालाई प्राथमितामा राखेर बजेट ल्याएको पाइन्छ ।

गाउँपालिका उपाध्यक्ष दिलकुमारी पुनले प्रस्तुत बजेटमा कोरोना संक्रमण रोकतथाम तथा नियन्त्रणलाई बढी जोड दिएको पाइन्छ । संक्रमण नियन्त्रणका लागि आगामी वर्षका लागि ६५ लाख रुपैयाँ विनियोजन भएको छ । यस बजेटबाट स्वास्थ्य पूर्वाधारको विकास र विस्तार गरिने गाउँ बजेटमा उल्लेख छ ।

बजेटमा सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा आम नागरिकको पहुँचमा पुर्याउन स्वास्थ्य चौकी सञ्चालन, सामुदायिक स्वास्थ्य इकाई स्थापना, सञ्चालन तथा व्यवस्थापन लगायत समग्र स्वास्थ्य व्यवस्थाप गरिने समेत उल्लेख छ ।

प्रस्तुत बजेटलाई हेर्दा स्वास्थ्य क्षेत्रको विकासलाई बढी प्राथमिकता दिएको पाइन्छ । गाउँपालिका भित्रका विपन्न नागरिकहरुलाई नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गर्न आगामी वर्ष १०० घर परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको दायरामा ल्याउने गरी बजेट ल्याएको छ ।

त्यसैगरी गाउँपालिकाको गौरवको योजनाको रुपमा गाउँपालिका रिङरोड निर्माण आयोजनालाई प्राथमिकतामा राखेको छ । ग्रामीण क्षेत्रलाई सडक सञ्जालले जोड्नुका साथै पालिकामा वैकल्पिक सडक निर्माण समेत गरिने बजेटमा उल्लेख छ । गाउँपालिकाकोे गौरवको योजनाको रुपमा रिङरोड निर्माण गर्न ८० लाख रुपैयाँ विनियोजन भएको छ ।

गाउँपालिकाले शिक्षा क्षेत्रलाई पनि उत्तिकै प्राथमिकतामा राखेर बजेट ल्याएको देखिन्छ । सामुदायिक विद्यालयको शैक्षिक पूर्वाधार निर्माण, मर्मत सम्भार, सञ्चालन र व्यवस्थापन गर्नका लागि यस वर्ष १५ लाख रुपैयाँ विनियोजन भएको छ । सामुदायिक विद्यालयमा शैक्षिक सुशासन कायम गर्न ‘गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम’ प्रभावकारी बनाउने बजेटमा उल्लेख छ ।

त्यस्तै प्रारम्भिक बाल विकास केन्द्रका सहयोगी र सामुदायिक विद्यालयहरुमा कार्यरत कार्यालय सहयोगीहरुलाई समेत नेपाल सरकारले उपलब्ध गराउदैं आएको मासिक पारिश्रमिकमा वृद्धि गरेको छ ।

पालिकाले साउज १ गतेदेखि लागू हुने गरी १५ हजार र विद्यालय कर्मचारी (लेखापाल) को हालको पारिश्रमिकमा वृद्धि गरी १६ हजार पुर्याएको छ । यसका लागि गाउँपालिकाले ६९ लाख ८५ हजार पाँच सय बजेट विनियोजन गरेको छ ।

त्यस्तै पालिकालाई सूचना प्रबिधिमैत्री बनाउनका लागि फ्रि वाइफाईको व्यवस्था समेत मिलाउने भएको छ । यसका लागि गाउँपालिकाले १० रुपैयाँ विनियोजन गरेको छ । सूचना तथा सञ्चारको प्रबर्धन र विकास मार्फत विद्युतीय शासनको दिशामा अगाडी बढ्न आवश्यक व्यवस्था मिलाईएको समेत बजेटमा उल्लेख छ ।

योसँगै विभिन्न सञ्चार माध्ययमलाई समेत बजेट विनियोजन गरेको छ । रेडियो विहानीको स्तरोन्नती गर्नका लागि १० लाख, नेपाल पत्रकार महासंघ बागलुङलाई एक लाख विभिन्न कार्यक्रमण प्रशारण गर्नका लागि रेडियो शुभेक्षालाई एक लाख विनियोजन गरेको बजेटमा उल्लेख छ ।

हेर्नुर्हाेस् पूर्णपाठ

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *