बजेट कार्यक्रममा बरेङ गाउँपालिकाः एक घर, एक रोजगार

आदर्श अनलाइन, बागलुङ

जिल्लाको बरेङ गाउँपालिकाले एक घर एक रोजगार कार्यक्रम अघि सारेको छ । कोरोना महामारीको कारण वैदेशिक रोजगार गुमाएर फर्किएका व्यक्तिका लागि उद्योग व्यवसाय सञ्चालन गरी आत्मनिर्भर बन्न चाहने युवा तथा उद्यमीलाई लक्षित गरी ऋणमा ब्याज सहजिकरण सहित युवा स्वरोजगार कार्यक्रम तथा एक घर एक महिला रोजगार कार्यक्रमलाई अघि सारेको छ ।

गाउँपालिकाले शनिबार प्रस्ततुत गरेको नीति तथा कार्यक्रममा एक विद्यालय एक करेसावारी, रोग पालेर हैन फालेर बाचौ, प्राबिधिक शिक्षा अध्ययन छात्रवृत्ती, गुणस्तरीय स्वास्थ्य सेवा गाउपालिकाको प्रतिवद्दता र सुत्केरी संग उपाध्यक्ष कार्यक्रम ल्याएको छ ।

बागलुङ जिल्लाका १० पालिका मध्ये बरेङ गाउँपालिकाबाट आर्थिक वर्ष २०७८/०७९ बजेट तथा कार्यक्रम सार्वजनिक गर्न शुरु भएको छ । गाउँपालिकाकोे ७ औँ गाँउसभामा आर्थिक वर्ष २०७८÷०७९ का लागि पालिका अध्यक्ष कृष्णप्रसाद शर्माद्वारा नीति कार्यक्रम तथा उपाध्यक्ष दिलकुमारी पुनद्वारा बजेट समेत प्रस्तुत गरिएको छ ।

गाउँसभामा ३७ करोड ३४ लाख ४७ हजार ४ सय ४० बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो ।
गाउँपालिकाले कोरोना महामारी नियन्त्रण तथा स्वास्थ्य क्षेत्रका लागि एक करोड १५ लाख, शिक्षा क्षेत्रका लागि रु. एक करोड ९८ लाख बजेट बिनियोजन गरिएको छ । कृषि तथा पशुमा एक करोड ५० लाख बजेट विनियोजन । स्वास्थ्यको बजेट कोरोना महामारीसंग जुध्न ५० लाख बिनियोजन भएको प्रमुख प्रशासकीय रमेश थापाले जानकारी दिनुभयो । थापाका अनुसार ५० प्रतिशत योजना तथा कार्यक्रमलाई निरन्तरता दिइएको र २५ प्रतिशत नयाँ कार्यक्रम ल्याइएको बताउनुभयो ।

बजेट तथा कार्यक्रममा हुग्दीशिर स्वास्थ्य चौकीमा सञ्चालनमा रहेको अस्थायी कोभिड अस्पताल तथा स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य इकाईहरुको पूर्वाधार विकास गर्नका लागि आवश्यक बजेटको व्यवस्था गर्ने, स्वास्थ्य सचेतनाका लागि युवा, विद्यार्थी, शिक्षक र महिला समूह लगायत स्वयंसेवकहरु परिचालन गर्ने, रोग पालेर होइन, फालेर बाचौं भन्ने मान्यतालाई सार्थक रुप दिन स्वस्थ नागरिक, स्वस्थ समाज, स्वस्थ जीवन र त्यसका लागि स्वस्थ उत्पादन र स्वस्थ उपभोग गर्ने बानी विकास गर्न सामाजिक जागरण ल्याईने गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताउनुभयो । “बजेट कोरोना केन्द्रित छ, कोरोनाका कारण रोजगारी गुमेकालाई रोजगारी दिने, स्वास्थ्य संस्थामा पूर्वाधार र जनशक्ति थप लगायतका कार्यक्रम तथा बजेट ल्याइएको छ” शर्माले भन्नुभयो “प्रत्येक विद्यालयमा करेसाबारी, एक स्वास्थ्यकर्मी एक उपकरण झोला लगायतका कार्यक्रम ल्याइएको छ ।”

कोभिड प्रतिकार्यमा संलग्न स्वास्थ्यकर्मी लगायत अग्रपंक्तिमा रही कार्य गर्ने राष्ट्रसेवकहरुको मनोवल अभिवृद्धि गर्न अतिरिक्त भत्ताको व्यवस्था, गाउँपालिकामा आयुर्वेद वैद्ययको व्यवस्था, कम्तिमा एक सय बिपन्न घर परिवारको लागि निःशुल्क स्वास्थ्य बिमाको ब्यबस्था, स्वास्थ्य प्राबिधिक शिक्षा अध्ययन गर्न चाहने गरिब तथा जेहेन्दार बिद्यार्थीहरुको लागि प्राबिधिक शिक्षा अध्ययन छात्रवृत्तीको व्यवस्था गरिने गाउँपालिकाले बजेटमा उल्लेख गरेको छ ।

कोभिड–१९ रोकथाममा नेपाल सरकारले गरेको बन्दाबन्दी तथा निषेधाज्ञालाई मध्यनजर गरी इन्टरनेटको पहुँच विद्यार्थीसम्म पुर्याई वेवसाइट, मोबाइल एप, सामाजिक संजाल, रेडियो, अडियो तथा अन्य भिडियो कन्फेरेन्सिङ टुल मार्फत शिक्षण सिकाई क्रियाकलाप अघि बढाइने, बरेङ गाउँपालिका उत्कृष्ट कृषक पुरस्कार मार्फत कृषक तथा कृषि पेशालाई थप प्रोत्साहित गर्ने, बाँझो जमिनको प्रयोग, उत्पादनमा सहयोग, घरबास प्रबद्र्धन लगायतका कार्यक्रम सार्वजनिक गरेको गाउँपालिकाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *