साइबर कसुर आरोपमा पक्राउ परेका बागलुङका प्रधानध्यापक खड्का धरौटीमा रिहा


आदर्श अनलाइन, बागलुङ
साइबर कसुरमा पक्राउ पर्नुभएका बागलुङका एक प्रधानध्यापक धरौटीमा रिहा हुनुभएको छ । बागलुङ नगरपालिका–८ सिगानास्थित भैनडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक रामेन्द्र खड्का प्रहरी हिरासतबाट रिहा हुनुभएको छ ।

शिक्षक खड्कालाई आइतबार ५० हजार धरौटीमा काठमाडौंस्थित प्रहरीको साइबर ब्युरोल रिहा गरेको खड्काका श्रीमती दीपा खड्काले बताउनुभयो ।

सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोस्ट गरेको भन्दै प्रहरीले उहाँलाई जेड २८ गते पक्राउ गरी काठमाण्डै लगिएको थियो । शिक्षक खड्काले भने सामाजिक सञ्जालमा भेटिएको टिकटक हेर्ने क्रममा उक्त सामग्री असावधानीवश आफ्नो स्टोरिजमा गएको बताउनुभएको छ । सोही विषयलाई लिएर उहाँलाई साईबर कसुर गरेको आरोपमा पक्राउ गरी काठमाडौं दरबारमार्गको प्रहरी वृत्तमा राखिएको थियो ।

शिक्षक खड्कालाई २२ गते जिल्ला प्रहरी कार्यालयमा बोलाएर कागज गराएर छाडिएकोमा पुन गृह मन्त्रालयद्वारा पक्राउ गर्ने आदेश आएपछि पक्राउ गरिएको थियो । उहाँलाई साइबर क्राइमअन्तर्गत मुद्दा चलाइएकोमा विनासर्त रिहा गर्न शिक्षक संघ–संस्थाले माग गर्दै आएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *