लकडाउनमा लिलाः मजदुरका सारथी

साधना पन्त, बागलुङ
कोरोना महामारीको दोस्रो लहर आएसंगै देशभरी लकडाउन गरियो । लकडाउनमा पूर्वाधार निमार्णमा भने खुकुलो नीति अपनाइयो । दैनिक ज्यालादारी गरेर गास चलाउन सहज हुने अपेक्षा गरिए पनि सोचे अनुरुप योजना आयोजनाका काम हुन सकेन । काम रोकिदा मजदुरको घरमा चुलो बाल्न समेत सकस भएपछि बागलुङकी लिला खड्काले मजदुरहरुका लागि राहत सहयोगको अभियान थाल्नुभयो ।

पहिलो पटक लकडाउन हुदाँ सरकारले राहत वितरण गरे पनि दोस्रो लहरमा भने मौन रह्यो । यो पटक सरकारले वास्ता नगरेकाले विभिन्न संघ संस्था र व्यक्तिहरुसंगको समन्वयमा लकडाउनकै कारण खान नपाएका मानिसहरुलाई राहात सहयोग गरेको खड्का बताउनु हुन्छ । दैनिक रुपमा काम गरेर आफ्ना बालबच्चाको पेट पालेका मजदुरहरुलाई दोस्रो पटकको लकडाउनमा निकै कष्ट भएको उहाँको भनाई छ । मजदुरहरुले काम नगरी चामल, नुन, तेल किन्न सक्दैनन् ।

लकडाउनको ५२ दिनमा ३ सय ४० घर परिवारलाई ५ लाख ४० हजार बराबरको खाद्यान्न वितरण गरेको खड्काले बताउनुभयो । बागलङमा मात्र नभएर पर्वतमा रहेका मजदुर, आश्रमका मानिसहरुलाई खाद्यान्नको अभाब भएको भन्ने खबर आएपछि राहत सामग्री वितरण गरेको खड्काले जानकारी दिनुभयो । अहिले सम्म बागलुङ नगरपालिका वडा नम्वर १, २, ३, ४, ६, ७, ९, १० का मजदुुर, अनाथ बालबच्चा, छोराछोरीले नहेरेका आमा बुवा, एकल महिला, सुत्केरी, अपाङ्गता भएका, गर्भवती, होटलमा भाँडा माझ्ने महिला, बोर्डिङ स्कुलमा लुगा धुने महिला, आश्रममा बस्ने आमा बुबा लगायतलाई २५ प्रकारका राहात सामग्री वितरण गरिएको खड्काको भनाई छ ।

यस क्रममा बिभिन्न समस्या र चूनौति देखिए पनि हल गरेर दिन रात नभनी निरन्तर सेवामा लागेको खड्का बताउनु हुन्छ । ‘म लामो समयदेखि सामाजिक सेवा र कर्ममा समर्पित भएर लागिरहेको छु । अहिले कोरोना महामारीले गर्दा मानिसहरु समस्यामा परेको हामीहरु कहाँ हेरेर बस्ने ?’ उहाँले भन्नुभयो । सामूदायिक प्रहरी सेवा केन्द्र बागलुङका प्रहरी जवान रामचन्द्र चापागाई, प्रहरी देवी घिमिरे प्रहरी मन्जु थारु, सामुदायी प्रहरी सेवा केन्द्रका उपाध्यक्ष सुमन बास्कोटा, महासचिव सावित्र केसी, सदस्य गिता खड्का, अजिवन सदस्य पम्फा किसान र महिला हित सहकारीका कार्यलय सहयोगी सन्तोसी मल्लले अभियानमा सक्रियता पुर्वक सघाएको खड्काले बताउनुभयो ।

राहात संकलन गरेर मात्र नहुने । राहातलाई वितरण गर्नका विभिन्न ठाउँमा जानका लागि पनि निकै समस्या भएको खड्का बताउनुहुन्छ । निरन्तर वर्षाको कारण पनि कठिनाई भएको र आफ्नै खर्चमा गाडी लगेर गाउँ गाउँमा गएर राहात वितरण गरेको उहाँको भनाई छ । बिभिन्न व्यक्ति संघ संस्था संग मात्र राहात उठाएर वितरण गरेर चर्चित हुने आफ्नो कुनै सोच नरहेको खड्काको स्ष्टोक्ति छ ।
‘म लगायत हाम्रो सम्पूर्ण टिमले आफ्नो व्यक्तिगत तर्फबाट पनि राहात दिएका छौ । आफै खर्च गरेर विभिन्न ठाउँमा गएर राहात वितरण गरेका छौ,’ उहाँले भन्नुभयो,‘यो संकटमा सबै भन्दा ठूलो मानवीय धर्म सम्झेर काम गरेका छौ ।’

लकडाउनले गर्दा खान नपाएका मानिसहरुलाई सामुदायिक सेवा केन्द्र बागलुङका अध्यक्ष खड्काको अगुवाईमा राहात बितरणमा जुटेको सामुदायीक सेवा केन्द्र बागलुङका प्रहरी जवान रामचन्द्र चापागाई बताउनु हुन्छ । गुठीका घर–घरमा गएर १ पोका नुन, १ माना चामल भए पनि राहात संकलन गरि राहात वितरण गरेको चापागाईको भनाई छ । हामीले राहात संकलन गरेको थाहा पाएर गुठीका युवाहरुले विदेशबाट पनि राहातको लागी रकम पठाएको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *