जैमिनी नगरपालिकाको बजेट ६४ करोड १३ लाख ७४ हजार

आर्दश अनलाइन, बागलुङ
जैमिनी नगरपालिकाले बिहिबार नगर सभाबाट आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति कार्यक्रम तथा बजेट बजेट सार्वजनिक गरेको छ । उपप्रमुख लिला रानाले प्रस्तु गरेको बजेटमा स्वास्थ्य, रोजगार, पर्यटन, कृषि लगायतलाई प्राथमितामा राखेको पाइन्छ ।

नीति तथा कार्यक्रममा स्वास्थ्य तर्फ नगरपालिकाले विश्वव्यापी महामारीको रुपमा रहेको र कोभिड १९ रोगको रोकथाम तथा नियन्त्रणका लागि पर्याप्त बजेट विनियोजन गरेको उल्लेख छ । आधारभुत स्वास्थ्य सेवा पु¥याउन पहुँच कम भएको नगर क्षेत्र भित्र शहरी स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरुमा प्रयोगशाला सेवाको शुरुवातको अवधारणा ल्याईने छ ।

वडा नम्बर ३ मा रहेको शहरी स्वास्थ्य केन्द्रलाई स्वास्थ्य चौकीमा स्तरोन्नति गराउने प्रक्रियामा लगिने छ । नगर क्षेत्रभित्र सुरक्षित प्रसुति सेवा उपलब्ध गराई मातृ तथा नवशिशु मृत्युलाई शुन्यमा कायम राखिरहन सबै वडामा बर्थिङ सेन्टरको अवधारणा अनुरुप बाँकी रहेको वडामा पनि बर्थिङ सेन्टर स्थापना गराईने नीति कार्यक्रममा उल्लेख छ ।

कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्र नगरपालिकाको रेफर सेन्टर समेत भएकाले यसलाई अस्पतालमा स्तरोन्नती तथा आवश्यक भौतिक उपकरण तथा मानव संसाधन व्यवस्थापन गरिने छ । सबै स्वास्थ्य संस्थाहरुमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मीहरुको पद पूर्ति गरिनेछ ।

बिपन्न नागरिकलाई मुटुरोग ,क्यान्सर ,मृगौला आदि निर्धारित रोगको उपचारको लागि सहज रुपमा प्रेरित गरी एक लाखसम्मको सहुलियतको लागि सहजिकरण कोषको व्यबस्था गरिने र ६० वर्ष माथिका जेष्ठ नागरिकलाई टेलिमेडिसिन परामर्श कार्यक्रम शुरुवात गरिने कार्यक्रममा उल्लेख छ ।
त्यस्तै शिक्षा तर्फ कोभिड १९ महामारीका बीच वैकल्पिक शिक्षण सिकाई पद्दतिलाई प्रभावकारी रुपमा अवलम्बन गरिन विद्यालयको एकिकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीलाई यथार्थपरक र वस्तुनिष्ठ बनाउदै लगिनेछ ।

बालमैत्री स्थानीय शासन कार्यक्रम क्रमशः लागु गर्दै लगिनेछ । भौगोलिकता, विद्यार्थी संख्या तथा आवश्यकताका आधारमा विद्यालय समायोजन गरिने, कक्षा थप÷ घट गरिनुका साथै सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीहरुको दरबन्दी मिलान, व्यवस्थापन, पुनर्वितरण गरिनेछ । गाभिएका वा बन्द भएका विद्यालयहरुको सम्पत्ती आवश्यकताको आधारमा अन्य विद्यालयमा समायोजन गरिने नीति कार्यक्रममा छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *