काठेखोला गाउँपालिकाको बजेट ५३ करोड ३१ लाख १४ हजार

आदर्श अनलाइन, बागलुङ
काठेखोला गाउँपालिकाले बिहिबार नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष अर्जुन बहादुर क्षेत्रीले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ५३ करोड ३१ लाख १४ हजार रुपैयाँको बजेट सार्वजनिक गर्नु भएको छ ।

गाउँपालिकाले स्वास्थ्य, शिक्षा, पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले पूर्वाधार विकासका कार्यक्रमको लागि ३ करोड ११ लाख ७८ हजार, सामाजिक विकासका कार्यक्रमको लागि १ करोड ५५ लाख विनियोजन गरेको छ ।

त्यस्तै वन वातावरण तथा विपद् व्यवस्थापनको लागि ३५ लाख ९७ हजार, सुशासन तथा संस्थागत विकासका लागि ३५ लाख ९७ हजार, आर्थिक विकासका लागि १ करोड ५५ लाख ८९ हजार, वडाका गौरवका आयोजनाका लागि २ करोड ५१ लाख ८२ हजार विनियोजन गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *