यस्तो छ, तमानखोला गाउँपालिकाको बजेट (पूर्ण पाठसहित)

आदर्श अनलाइन, बागलुङ
तमानखोला गाउँपालिकाको १० औँ गाउँसभा बिहीबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष मानसरी शेरचनले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि २७ करोड ४० लाख ८१ हजार १ सय ५० रुपैँयाको बजेट प्रस्तुत गर्नु भएको छ ।

नीति तथा कार्यक्रममा यस वर्ष शिक्षा, स्वास्थ्य, यातायात, कृषि, पर्यटन लागयतका क्षेत्रलाई प्राथमिकता दिएको छ । “सुखी र समान समृद्ध तमान” भन्ने उदेश्य सहित दीगो विकासको लक्ष्यलाई पुरा गर्ने उदेश्य सहित नीति कार्यक्रम र बजेट सर्वसम्मत रुपमा पारित गरिएको हो ।
आर्थिक ऐन २०७८, विनियोजन ऐन २०७८, आर्थिक वर्ष २०७८/७९ को नीति कार्यक्रम तथा बजेट, स्थानीय शिक्षा ऐन प्रथम संशोधन २०७८ र समग्र पालिकाका विषयवस्तु माथि छलफल गर्दै पारित गरेको छ ।

पालिकाले स्वास्थ्य क्षेत्रतर्फ १ करोड २६ लाख १६ हजार ६ सय ५० बजेट विनियोजन गरेको छ । जसमा कोभिड व्यवस्थापनका लागि विपद् व्यवस्थापन कोषबाट खर्च हुने गरी ३० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

स्वास्थ्य क्षेत्रको प्रभावकारिता वृद्धि गर्न कर्मचारीको २ हजार र महिला स्वास्थ्य स्वंयम्सेविकाको निम्ती प्रदेश र संघ सरकारले उपलब्ध गराउने प्रोत्साहन भत्तामा १ हजार थप गर्ने निर्णय सभाबाट पास भएको छ ।

स्वास्थ्य चौकीमा फार्मेसी सेवा सञ्चालन गरी अत्यावश्यक औषधिको सहज उपलब्धतालाई सुनिश्चित गर्ने उदेश्य सहित अध्यक्ष फार्मेसी कार्यक्रम अगाडि बढाइने भएको छ । त्यस्तै, उपाध्यक्ष सुत्केरी भेटघाट कार्यक्रम, बहुक्षेत्रीय पोषण कार्यक्रम, पूर्ण खोप सुनिश्चतता कार्यक्रम, स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी वनाउने, तमानखोला गाउँपालिका अध्यक्ष फेलोसिस कार्यक्रम अगाडि बढाउने नीति कार्यक्रममा उल्लेख छ ।

गाउँपालिकाले शिक्षा क्षेत्रको विकासमा विभिन्न कार्यक्रम अगाडी सारेको छ । शैक्षिक क्षेत्रमा भौतिक पूर्वाधार सहित शैक्षिक गुणस्तर बृद्धि, विद्यार्थी प्रतिभा पहिचान, परम्परागत सीपलाई आधुनिक सिपमा विकास गर्न परम्परागत कृषि प्रणालीलाई आधुनिक आधुनिक प्रणालीमा रुपान्तरण गर्न सिपको विकास सहित एक विद्यार्थी, एक सीप, एक विद्यालय एक उत्तपादन कार्यक्रमलाई जोड दिइने निती कार्यक्रममा उल्लेख छ ।

एक घर एक धारा कार्यक्रमलाई अगाडी सारेको गाउँपालिकाले विभिन्न संघसंस्थासँगको समन्वयमा कार्यक्रम प्रभावकारी बनाउने गरी १९ लाख बजेट विनियोजन भएको छ । पालिकाका सबै वडा–वडामा खानेपानी विस्तारका विभिन्न कार्यक्रम समेत अगाडि बढाइने छ । कुवा, खोला लगायतका स्थानबाट पानी प्रयोग गर्दै आएका नागरिकहरुको घरघरमा धारा निर्माण गरिने छ ।

गाउँपालिकाले यस वर्षको नीति तथा कार्यक्रममा कृषि, पशुपालन क्षेत्रलाई पनि उत्तिकै महत्वका साथ कार्यक्रमा समावेश गरेको छ । पालिकाले व्यवसायिक, यान्त्रीकरण, जैविक विषाधिको प्रयोग सहित उत्पादन र अन्नवाली तथा नगदेबालीलाई व्यवसायिक बनाउन कार्यक्रम समावेश गरिएको छ । कृषकलाई उन्नत जातका बिउ भिजन र अवाश्यक तालिक परामर्श दिइने छ ।

हेर्नुहाेस् पूर्णपाठ

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *