आदर्श अनलाइन, बागलुङ
बागलुङमा असार २५ गते रातीसम्म निशेधाज्ञा थपिएको छ । मंगलबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकको सिफारिसमा जिल्ला प्रशासन कार्यालय बागलुङले सात दिनका लागि निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो ।
लकडाउनलाई केही खुकुलो बनाउँदै प्रशासनले मंगलबार सातौं पटक निषेधाज्ञाको अवधि थप गरेको हो । यस अवधिमा होटल रेष्टुरेन्टे, खाजा पसल होम डेलिभरी मार्फत बिहान १२ बजेसम्म मात्रै खुल्न पाइने छ ।
निजी सवारी साधान अत्यावश्यकक परे जोर गते जोर र विजोर गते विजोर गरि संचालन गर्न पाईन बताइएको छ । बैंक तथा वित्तिय संस्था विहान ९ बजेदेखि १२ बजेसम्म खुल्ने प्रशासनले जनाएको छ ।

