खोला किनारमा बेवारिसे शव फेला

आदर्श अनलाइन, बगलुङ
जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर १ पाखुटेमा एक व्यक्तिको शव बेवारिसे अवस्थामा फेला परेको छ ।

निसीखोलाको किनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिनुभयो ।

शवको पहिचान हुन नसकेको उहाँको भनाई छ । खोलाले बगाएर ल्याएको हुन सक्ने आशंका गरिएको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *