बागलुङमा पाँच विद्यार्थी संगठनद्वारा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन (फाेटाे/भिडियाे)

आदर्श अनलाइन, बागलुङ
संयुक्त विद्यार्थी संगठनले बागलुङमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्राधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।

प्रतिगमनकारी मुर्दावाद, जातीय विभेद अन्त्य गर, मूल्य वृद्धि खारेज गर, केपी ओली मूर्दावाद, शिक्षामन्त्री राजिनामा दे लगायतका नारा लगाउँदै बागलुङ बजारको लोकतान्त्रिकचोकमा प्रदर्शन गरेका थिए ।

नेपाल विद्यार्थी संघ, माधव नेपाल समूह अनेरास्ववियू, अखिल क्रान्तीकारी, अखिल छैठौँ, संघीय समाजवादी विद्यार्थी युनियनको संयुक्त आयोजनामा विरोध प्रदर्शन गरेका थिए ।

उनीहरुले विद्यार्थीमाथि लगाइएको शुल्क फिर्ता गर्न, विद्यार्थी शिक्षकलाई कोरोना खोप दिई पठनपाठन र रोकिएका परीक्षालाई सूचार गर्न समेत माग गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *