डम्मर बुढा मगर, बागलुङ
गत वर्षहरुमा बागलुङमा असारको आधाआधी सकिँदा मात्रै रोपाइँ सुरु हुने गरेको थियो ।
मध्यतिर आउँदा किसानहरुलाई रोपइँको चटारो निकै हुने गथ्र्यो । तर, यस वर्ष भने जिल्लाका अधिकांश कृषकले असार १५ नकाट्दै आधा भन्दा बढी रोपाइँ सकिसेका छन् । पहाडी जिल्ला भए पनि बागलुङमा धान फल्ने गर्छ । असनरदेखि सुरु गरेर साउन अन्तिम सातासम्म रोपाइँ गर्ने बागलुङे कृषिकले यस वर्ष बेलैमा मनसुन सुरु हुँदा छिटै रोपाइँ सक्न थालेका छ ।
समयमै वर्षा हुँदा कृषकहरुले कोरोना कहरकै बीच खेतमा धान रोप्न निकै बेस्त देखिन्छन् । बागलुङमा असारको मध्येसम्म ५० प्रतिशत भन्दा बढी रोपाइँ सकिएको छ । जिल्लाका केही भागमा भर्खर रोपाइँ सुरु भएको छ भने कतिपय स्थानमा अन्तिम चरणमा पुगेको छ । कृषि ज्ञान केन्द्र बागलुङका अनुसार जिल्लामा ५० प्रतिशत बढी रोपाइँ सकिएको छ । जिल्लामा कुल ५ हजार ७ सय ७५ हेक्टर जमिनमा धान रोपाइँ हुने गर्दछ ।
हालसम्म दुई हजार ८७५ हेक्टर जमिनमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिनुभयो । उहाँले यसवर्ष समयमै वर्षा हुदाँ किसानहरुले मध्ये असारमै आधा बन्दा बढी क्षेत्रफलमा रोपाइँ सकेको बताउनुहुन्छ । समयमै वर्षा हुँदा छिटो रोपाइँ सुरु भएको हो । विगत एक दशकमा अहिले मात्रै बागलुङमा यति छिटो रोपाइँ सुरु भएको उहाँको भनाई छ ।
‘पछिल्लो ८/१० वर्षमै बागलुङ यति छिटो धान रोपाइँ सुरु भएर आधा बन्दा बढी सकिएको छ, यसवर्ष मनसुन पनि समयमै भयो र किसानलाई साथ दियो, समयमै वर्षा हुँदा कृषकहरु पनि निकै खुसी भएका छन्,’ उहाँले भन्नुभयो ‘हालसम्म जिल्लामा ५० प्रतिशत भन्दा बढी क्षेत्रफलमा धान रोपाइँ सकिएको छ, असार मसान्तसम्म सबै सकिने आँकलन गरेका छौँ ।’
गत वर्षमा वर्षा समयमै नहुँदा असार पहिलो साताबाट रोपाइँ सुरु हुने गरेकोमा अहिले जेठ महिनाबाटै सुरु भएको भन्दै असार मसान्तमा धान उत्पादन हुने क्षेत्र सबैमा रोपाइँ सकिने कार्यालयको अनुमान छ । गत वर्ष साउनको अन्तिम सम्म पनि रोपाइँ हुने गरेको थियो । यस वर्ष समयमै मनसुन सुरु भएको र पर्याप्त वर्षा भएको हुँदा धान उत्पादनमा वृद्धि आउन सक्नेछ ।
‘धान रोपेको ३५ पानी पर्याप्त पानी भयो भने जिल्लामा १५ प्रतिशतले धान उत्पादनमा वृद्धि हुनेछ, पछि प्राकृतिक प्रकोप भएन भने यसवर्ष जिल्लामा धान उत्पादन बढ्छ र उत्पादन क्षेत्र पनि बढ्ने हामीले अपेक्षा लिएका छौँ,’ प्रमुख भट्टराईले भन्नुभयो ‘अहिले मौसमले निकै साथ दिएको छ, गत वर्ष अहिलेको जस्तै मनसुन समयमै भइदिएको भए यस वर्ष कृषिकले धेरै धानको बिउँ राख्थे भने उत्पादन क्षेत्र पनि बढ्ने थियो ।’
बागलुङका अधिकांश कृषकहरुले अहिले जेठो बुढो, जडन, गौरिया लगायतका प्रजातिका धान रोपाइँ गर्ने गरेको भन्दै बागलुङको भूगोल र माटोमा खुमल श्री लगायतका जातका धान बढी उत्पादन हुने बताउँनुहुन्छ । कृषकहरुले धान भन्दा पराल बढी उत्पादन हुने जातका धान रोप्दै आएकाले उनीहरुलाई अब उन्नत जातका बिउ वितरण गर्ने र त्यसका बारेका जानकारी गराउने कार्यालयको योजना छ । किसानहरुलाई सहजताका निम्ति प्रविधि सँग जोडिन पनि आग्रह गरिरहेको कार्यालयले जनाएको छ ।
पछिल्लो समय कृषकहरुलाई जनशक्ति अभावमा रोपाइँमा समस्या हँुदै गएको गुनासो आउन थालेको छ । युवा शक्ति विदेश पलायन हुँदा खेति योग्य जमिन बाँझिन थालेको उनीहरुको गुनासो छ । गाउँमा खेताला नपाउँदा समयमै रोपाइँ गर्न नसकेको निसीखोला गाउँपालिका वडा नम्बर ५ का कृषक धर्मराज पोखरेलले गुनासो गर्नुभयो ।
‘गाउँमा काम गर्ने कोही छैन, भएका युवाहरु पनि विदेश गए, न खन्ने बाउसे पाईन्छ न खेताली, गोरुको सट्टा त हाते ट्याक्टर छ, खेताली र बाउसे पाइनै छाड्यो,’ उहाँले भन्नुभयोे ‘अझ यसवर्ष त झन् कोरोनाो महामारी पनि छ, जसले गर्दा खेताला पाउन निकै समस्या छ, ज्यान पनि बँचाउनु प¥यो, काम पनि गर्नु प¥यो ।’
गाउँघरमा खेतला नपाउँदा रोपाइँ गर्नका लागि निकै मुस्किल भएको भन्दै युवा शक्ति विदेश पलायन हुँदा खेरी यो समस्या आइपरेको पोखरेल बताउँनुभयो । ‘समयमै पानी परेकाले यस वर्ष रोपाई अलि छिटो भयो, पोहोर परार साल अलि ढिला रोपाइँ गथ्र्यौ’ पोखरेलले भन्नुभयो,–‘पहिले त गाउँभरी सबैको एकै पटक भएर होला भन्ने लाग्थ्यो, यसपाली असारको पहिलो साता नै खेत रोपाइँ गर्न खोज्दा पनि खेतला पाउन मुस्किल भयो बल्लतल्ल दुई दिन लाग्ने मेलो ३ दिनमा सकियो, अझै केही दिनलाई बाँकी छ, त्यो कसरी रोप्ने हो ? गाह्रो भैरहेको छ ।’
कृषिमा आधुनिकिकरण गर्ने भने पनि हालसम्म त्यही हाते ट्याक्टर बाहेक अन्य आधुनिक यन्त्रहरु केही नहुँदा किसानहरुले समयमा खेतीपाती लगाउन र भित्राउन सकेका छैनन् । गाउँमा भएका युवाहरु पनि जिल्ला बाहिर र विदेशीएका कारण काम गर्ने खेताला पाउन छाडेको पोखरेलको भनाई छ । बागलुङको गलकोट, बडिगाड, जैमिनी, निसीखोला, लगायतका क्षेत्रमा बढी धान उत्पादन हुने गर्दछ ।
जिल्लामा कृषमा निर्भर रहेका कृषकहरुले अझै पनि आधुनिकता भित्राउने सकिराखेको अवस्था छैन । परम्परागत खेतिलाई अँगाली राख्दा उत्पादनमा गिरावट आउने कृषि ज्ञान केन्द्रले जनाएको छ । उनीहरुको क्षमता विकास र आधुनिकता तर्फ पे्ररित गर्न केन्द्रले विभिन्न कार्यक्रम भने गर्दै आएको छ ।