मध्यपहाडीको निर्माण व्यवसायी विरुद्ध युवा आन्दोलित


आदर्श अनलाइन, बागलुङ
सम्झौता गरेको पाँच वर्ष सम्म सडक कालोपत्रे नगर्ने निर्माण व्यवसायी विरुद्ध बागलुङका युवाहरु आन्दोलनमा उत्रेका छन् । राष्ट्रिय गौरवको आयोजनको रुपमा रहेको मध्यपहाडी लोकमार्गको बागलुङ घोडाँबाधे सडक अन्तरगत २५ किलोमिटर सडक कालोपत्रेको काम शुरु भएर रोकिएपछि युवाहरु आन्दोलित भएका हुन् ।

मध्यपहाडी लोकमार्ग निर्माणको काम पुरा नहुँदा आफुहरुले सास्ती खेप्नुपरेको भन्दै बागलुङ बिहुँका युवाहरु काठेखोला गाउँपालिका–५ बिहुँ स्थित सडकमा प््ले कार्ड सहित विरोद जनाएका छन् । उनिहरुले कालोपत्रेमा ढिलाई किन, लोकमार्गमा सधैको सास्थी किन ? लगायतका नारा सहितका प्रेल कार्ड बोकेर आन्दोलनमा उत्रेका त्यहाबाट स्थानीय भरत सापकोटाले जानकारी दिनुभयो ।

बिहुँ घोडाबाधे खण्ड २०७२ माघ १० गते एमपी÷एससिएफ÷इसीसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता गरिएको थियो । तर पटक पटक म्याद थप्दा समेत आयोजना अझै सकिएको छैन ।
बिहुँका युवाहरुले पटक पटक ठेकेदारले आर्थिक वर्ष सकिने बेलामा केही काम गरे जस्तो गर्ने र रकम निकासा गरी खाने तर सडकको अवस्था सधैं जस्ताको त्यस्तै हुने गरेको भन्दै आन्दोलनमा उत्रिएका हुन् । जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ५ र ६ का युवाहरु आन्दोलित भएको बताईएको छ ।

केही दिन अगाडि मात्रै युवाहरु चार दिन भित्र निर्माण व्यवसायीलाई सम्पर्क आउन चेतावनी दिएका थिए । लोकमार्ग कहिलै नसुध्रीने अहिले कालोपत्रे गरे जस्तो गरेर निकासा गर्न थालेको भन्दै आन्दोलित भएको आन्दोलनमा सहभागी बिहुँका युवा दिनेश कंडेलले बताउनुभयो । ‘जिल्ला प्रशासन, जनप्रतिनिधि संग पटक पटक छलफल ग¥यौ तर यसको समाधान भएको निर्माण व्यवसायीले सरकोकारवाला निकाएले भनेको नमान्ने प्रवृति विरुद्ध हाम्रो हान्दोलन हो’ काममा नर्फकने हो भने निर्माण व्यवसायी विरुद्ध आन्दोलन कडा बनाउदै लैजाने र यसको जिम्मा निर्माण व्यवसायीलेनै लिनुपर्ने छ’ स्थानीय युवा कंडेलले भन्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *