मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अबरुद्ध


आदर्श अनलाइन, बागलुङ
निरन्तरको वर्षातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अबरुद्ध भएको छ ।

लोकमार्गको बागलुङ खण्ड अन्र्तगत बागलुङ नगरपालिका–३ बोक्से, काठेखोला गाउँपालिकाको अछेता माथीको सुन्तली घुम्ती र बयलडाँडामा राती खसेको पहिरोले सडक अबरुद्ध भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ । दुई स्थानमा पहिरो खसेर अबरुद्ध भएको छ भने बोक्सेमा भल सहित लेदो आएर सडक अबरुद्ध भएको आयोजनाका इन्जिनियर उज्जल शर्माले जानकारी दिनुभयो ।

निरन्तरको वर्षात पछि पहिरो खसेर अबरुद्ध भएको सडक खुलाउनका लागि आवश्यक उपकरण तीन स्थानमै खटाइएको छ । आज दिउँसो सम्म सडक खुलाउने लक्ष्य छ । वर्षातका कारण अर्को आष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर र बागलुङ–बलेवा जाने सडक समेत अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।

बागलुङ पोखरा सडक अन्र्तगत पर्वतको सहस्रधारामा समेत पहिरो खसेपछि लोकमार्गको सडक अबरुद्ध भएको छ । सडक अबरुद्ध भएपछि यात्रुहरु अलपत्र परेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *