बागलुङमा दुई कोरोना संक्रमितको मृत्यु


आदर्श अनलाइन, बागलुङ

बागलुङमा आज थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । धौलागिरी अस्पतालमा उपचारको क्रममा एक महिला र एक पुरुषको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेका अनुसार कोरोना संक्रमणबाट बागलुङ नगरपालिका–३ स्थित ५५ वर्षिया महिलाको धौलागिरी अस्पतालको सघन उपचार कक्षमा मृत्यु भएको छ । संक्रमण्काबाट मृत्यु हुनुभएको महिलाको पित्त थैलीमा समस्या रहेको थियो । कोरोना संक्रमण भई अस्पतालको सघन उपचार कक्षमा असार १९ गते भर्ना हुनुभएको उहाँको आज बिहान १ बजे मृत्यु भएको हो ।

यस्तै बागलुङ नगरपालिका–२ का ७७ वर्षको पुरुषको कोरोेना संक्रमण कारण निधन भएको छ । उहाँलाई बहिबार राती अक्सिजन कमि भई अस्पतालमा भर्ना गरेको केही समयपछि मृत्यु भएको घिमिरेले जानकारी दिनुभयो । उहाँको एन्टिजेन्ट वीधिबाट कोरोना पुष्टी भएको थियो । मृत्यु भएका पुरुषमा उक्त रक्तचाप र मधुमेहको समस्या थियो ।

यो संगै बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेकोे संख्या ५७ पुगेको छ । जिल्लामा अहिले कोरोनाका सक्रिय संक्रमित २४५ रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *