भरुवा बन्दुक सहित निसीखोलाका दुई पक्राउ


–आदर्श अनलाइन, बागलुङ

भरुवा बन्दुक सहित बागलुङ जिल्लाको निसीखोला गाउँपालिका बाट छुट्टा छुट्टै स्थानबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

घरमा एक नाले भरुवा बन्दुक लुकाइ छिपाइ राखेको अवस्थामा प्रहरीले आइतबार दिउँसो निसीखोला गाँउपालिका–४ थापागाँउका ४६ वर्षीय नरबहादुर कुँवरलाई पक्राउ गरेको जिल्ला बागलुङका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिनुभयो । यस्तै आइतबार दिउँसोनै जिल्लाको निसीखोला गाउँपालिका–३ घर भई वडा नम्बर चारमा माझ पखा बस्ने दल बहादुर चन्दलाई गोठमा लुकार्य राखेको एक नाले भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुँने १० थान कच्चा पदार्थ सहित पक्राउ गरिएको हवारीले जानकारी दिनुभयो ।

बन्दुक लुकाइ राखेको भन्ने सूचनाका आधारमा प्रहरीले एकैदिन छुट्टा छुट्टै स्थानबाट दुईनाल भूवा बन्दुक सहित दुई जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बुर्तिवाङमा राखेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *