साला भेनाको ‘एग्रो टुरिजम’ सपना, करोड लागतमा गलकोटमा कृषि फार्म

आदर्श अनलाइन, बागलुङ

कृषि पर्यटन ‘एग्रो टुरिजम’ विकासको सपना बोकेर गलकोटमा बृहत बहुउद्देश्यीय कृषि फार्म सञ्चालन गरिएको छ ।

गलकोट नगरपालिका–५ हरिचौरका ३९ वर्षका टोप बहादुर खत्री र गलकोट नगरपालिका–७ मल्मका छुमबहादुर थापा मिलेर साझेदारीमा फार्म सञ्चालन गरेका हुन् ।

खत्री १८ वर्ष हटिया बजारमा फोटोग्राफी व्यवसाय गर्दै आउनुभएको थियो भने थापा १९ वर्ष भारतीय सेनाका अवकास प्राप्त सैनिक हुनुहुन्छ । कोरोना कालमा धेरै व्यापार व्यवसाय बन्द भए पनि आफूलाई भने यही बेलामा व्यावसायिक फर्मको सोच आएको खत्री बताउनुहुन्छ । बन्द हड्ताल, निषेधाज्ञामा असर नगर्ने भएकाले कृषि पेशा अँगाल्ने योजना बनाएको उहाँको भनाई छ ।

१८ वर्षको फोटोग्राफर व्यवसाय त्यागेर उहाँले हरिचौरको केही आफ्नै र केही रोपनी भाँडाको जग्गामा बहुउदेश्यीय कृषि फार्म सञ्चालनमा ल्याउनुभएको छ । भारतीय जलसेनाकाट हवल्दार पदमा अवकास प्राप्त थापाले सामान्य किराना पसल सञ्चालन गर्दै आउनुभएको थियो । खत्री र थापा नाताले भेना साला हुनुहुन्छ ।

गत माघदेखि संयुक्त लगानीमा साला भेनाले २४ रोपनी जग्गामा एक करोड बढीको लागतमा कृषि फर्म सञ्चालनमा ल्याएसँगै उत्साहित पनि हुनुहुन्छ । गलकोट नगरपालिका–६ को मजुवाँ फाँटमा फैलिएको दरमखोला एग्रीकल्चर एण्ड लाइभस्टक फार्ममा पाँच तरकारी टनेल, हाँस ४००, बटाई ५००, लोकल कुखुरा ३००, माछा ५ हजार र बंगुर १०७ वटा छन् । तरकारी र बटाइका अण्डाले आम्दानी हुन थालेको कृषि फर्मले अन्य उत्पादन बढाउदै लैजाने उद्देश्य राखेको छ । गत माघदेखि दरमखोला एग्रीकल्चर एण्ड लाइभस्टक फार्म सञ्चालनमा ल्याउनुभएको छ ।

अहिले कृषि फार्मलाई एग्रो टुरिजमको हब बनाउने गरी पसल छोडेर साथ दिएको फर्मका सञ्चालक थापा बताउनुहुन्छ ।

“१८ वर्ष गलकोटमा फोटोग्राफी व्यवसाय गर्दै आएको थिए, अलि बृहत कृषि फर्म सञ्चालन गर्ने योजना पलायो” फर्मका सञ्चालक खत्रीले भन्नुभयो “कृषि पेशानै दीर्घकालीन होला भन्ने लाग्यो, कृषि रिसोर्ट सहित कृषि पर्यटन संग जोड्ने लक्ष्य सहित भिनाजु सँगे मिलेर फर्म सञ्चालन गरेका हौं, हाम्रो योजना अनुसार फर्मलाई अझै ७५ प्रतिशत विकास र विस्तार गर्ने लक्ष्य छ, अहिले विस्तार र परीक्षणका क्रममा छौं भने केही कृषि तथा पशु उत्पादनलाई बजारिकरण समेत शुरु गरिसकेका छौं ।”

उहाँका अनुसार उक्त फार्म भित्रै एग्रो रिसोर्ट सञ्चालन गर्ने लक्ष्य छ । फर्ममै २० जना भन्दा बढीलाई रोजगारी दिने उदेश्य छ । अहिले ८ रोपनी आफ्नै जग्गा र अन्य जग्गा १५ वर्षलाई वार्षिक एक लाख ५० हजार भाडामा जग्गा लिएर फर्म सञ्चालनमा ल्याएको बताउनुभयो । अहिले फर्ममा तीन जनालाई रोजगारी दिनुभएको छ ।

भारतीय सेनाबाट अवकास पछि सानो पसल सञ्चालन गर्दै आएकोमा अहिले सालाको योजनामा कृषि फर्ममा लगानी गरेको अर्का सञ्चालक छुमबहादुर थापाले बताउनुभयो । “१९ वर्ष भारतको जल सेनामा कार्यरत थिए, १५ वर्ष अघि अवकासपछि गलकोटमा सानो पसल खोलेर बसेको थिए, विभिन्न सामाजिक कार्यमा सक्रिय समेत हुँदै आएको थिए” थापाले भन्नुभयो “सालाको खेतमा फर्म विस्तार गर्ने भनेपछि लगानी गरेका छौं, यसलाई थप विस्तार गर्दै लैजाने र गलकोटमा एग्रो टुरिजमको विकास गर्ने उदेश्य हो ।”

फर्ममा ग्रास काप, नैनी प्रजातीका ६ हजार माछा हुर्किरहेका छन् । माछालाई आगामी भर्दौमा बजार पठाउन तयारी रहेको सञ्चालक खत्रीले बताउनुभयो ।

कुखुरा, अण्डा, चल्ला, बंगुरका पाठापाडी, माछा लगायतका अनेर्को पशुपन्छी तथा तरकारी उत्पादन गरी गलकोट बजारमा विक्रि गर्ने र एग्रो रिसार्ट सञ्चालनपछि रिसोर्टमा आएका पर्यटकलाई लक्षित गरी व्यापार गर्ने उनीहरुको लक्ष्य छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *