युवालाई आक्रमण गर्ने चितुवा स्थानीयले मारे

फाइल तस्बिर

आदर्श अनलाइन, बागलुङ
गलकोटका युवालाई आक्रमण गरि घाइते बनाउने चितुवालाई स्थानीयले मारेका छन् । चितुवाले आक्रमण गर्दा मंगलबार बिहान बागलुङकाे गलकोट नगरपालिका वडा नम्बर ८ काँडेबासका रवीन दर्लामी घाइते हुनुभएको थियो ।

अलैची खोलाको जङ्गलमा अरु मानिसहरुलाई आक्रमण गर्दा प्रतिरक्षाको लागि स्थानीयको ढुङ्गा मुढा प्रहारबाट बुढो भाले चितुवाको साँझ साढे ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो । मृत चितुवाको व्यवस्थापन गर्ने कार्य भईरहेको हवारीको भनाई ।

बिहान घर नजिकैको स्थानीय ओमदत्तको खाली घरमा राखेको हलो लिन जाने क्रममा चितुवाको आक्रमणमा परि ३७ वर्षीय दर्लामी घाइते हुनुभएको थियो । घाइते दर्लामीको हात, घाँटीमा चोट लागेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *