जैमिनीमा गाडिएको अवस्थामा ४ महिनाको भ्रुण फेला

जिल्लाको दक्षिण जैमिनीमा भ्रुण हत्या हत्या गरी गाडिएको अवस्थामा फेला परेको छ।

जैमिनी नगरपालिका १० सिप्रिङमा बारीमा रातो कपडाले बेरी गाडिएको अवस्थामा करिब चार महिनाको भ्रुण हत्या गरिएको पाइएको इलाका प्रहरी कार्यालय बरेङले जनाएको छ।

बारीमा खनियाको रुख मुनि चार महिनाको पुरुष जस्ता देखिने बच्चाको भ्रुण फेला परेको सूचनापछि इलाका प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक अमृत कुँवरको कमाण्डमा पाँच जनाको प्रहरी टोली पुगेर अनुसन्धान गरेको थियो।

त्यसपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी निरीक्षक बिजय भण्डारीको कमाण्डमा खटिएको टोलीले स्थानीय सम्झना नेपालीलाई नियन्त्रणमा लिएको छ। नेपालीको श्रीमान् विगत ३ वर्षदेखि वैदेशिक रोजगारीको शिलशिलामा साउदीमा रहेकाले अवैध गर्भबाट भ्रुण हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। गाडिएको अवस्थामा फेला परेको भ्रुण धौलागिरी अस्पताल बागलुङमा राखिएको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *