मध्यपहाडी राजमार्ग र कालिगण्डकी करिडोर अबरुद्ध

आदर्श अनलाइन, बागलुङ

निरन्तरको वर्षातका कारण बागलुङ जिल्लाका दुई राष्ट्रिय गौरवको आयोजनाका सडक अबरुद्ध भएको छ ।

मध्यपहाडी राजमार्गको बागलुङ नगरपालिका–३ बोक्से र कालिगण्डकी करिडोरको बागलुङ नगरपालिका–१३ गलुवामा सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जनाएको छ । आज विहानै देखि दुई वटै सडक अबरुद्ध भएको हो ।

कालिगण्डकी करिडोर १८ दिन अबरुद्ध भएपछि तीन दिन अघिमात्रै सञ्चालनमा आएको थियो । वर्षा संगै आएको लेदोले मध्यपहाडीको बोक्सेमा सडक अबरुद्ध हुँदा सिगाना जाने बैकल्पिक सडक प्रयोग गरेर यात्रुलाई गन्तव्यमा पठाइएको छ ।

लोकमार्ग एकतर्फी खुलाउने प्रयास भइरहेपनि सडकमा लेदो खस्ने काम रोकिएको छैन । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका इन्जिनियर उज्जल शर्माले अबरुद्ध सडक खुलाउन बिहानैदेखि औजारहरु खटाइएको जानकारी दिनुभयो । उहाँले तत्कालै एकतर्फी सडक खुलाउने गरी काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *