धौलागिरीमा करोडौं राजश्व छली !


खेमराज गौतम, बागलुङ

२१ करोड बक्यौता र ६ करोड गुम्न थालेको राजश्व संकलन

धौलागिरीका विभिन्न उद्योग तथा व्यवसायले राजश्व छली गर्ने प्रयास आन्तरिक राजश्व कार्यालयले विफल बनाइदिएको छ ।

साविक धौलागिरीको चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङको राजश्व संकलनको जिम्मेवारी पाएको आन्तरिक राजश्व कार्यालयले करदाताको छानविन, परीक्षण र अनुसन्धानका क्रममा धौलागिरीका पेशा, व्यवसाय तथा उद्योगले विभिन्न बाहनामा राजश्व छली गरेको पाइएको हो ।

आन्तरिक राजश्व कार्यालयमा कर बुझाउने १७ हजार करदाता मध्ये केही शंकास्पद व्यवसाय, उद्योग तथा र्फमको अनुगमन गर्दा करोडौ छली हुन थालेको राजश्व संकलन गर्न सफल भएको आन्तरिक राजश्व कार्यालयले जनाएको छ ।

बस्तु खरिद विक्रिको अनुपात नमिलेको, खरिद गरेको सामाग्री बिक्र ितर्फ नदेखिएको तथा राजश्व छली गरेको शंकास्पद उद्योग, व्यवसाय तथा फर्महरुको अनुगमन गर्दा आर्थिक वर्ष २०७७/०७८ मा मात्रै पाँच करोड ७३ हजार ८९ हजार थप राजश्व संकलन भएको छ । कार्यालयले उक्त आर्थिक वर्षमा अनुगमन तथा परीक्षण नगरेको भए धौलागिरीका चार जिल्लाबाटै एक आर्थिक वर्षमा झण्डै छ करोड राजश्व छली हुने देखिएको थियो ।

राजश्व कार्यालयको नियमित काम अन्तर्गत आर्थिक वर्षको मध्य तिर ६३ जना करदाताको छानविन, परीक्षण र अनुसन्धान, १०२ वटा करदाताको दु्रत छानविन र १८२ वटा करदाताको अनुगमन गरे पछि झण्डै छ करोड राजश्वमा बृद्धि भएको आन्तरिक राजश्व कार्यालयका प्रमुख जनकराज शर्माले बताउनुभयो ।

“गुम्न थालेको, राजश्व छली भएको हुन सक्ने स्थानको अनुगमन तथा परीक्षण गर्नु राजश्व कार्यालयको दायित्व हो तर एक आर्थिक वर्षमा झण्डै छ करोड राजश्व थप संकलन हुनु र २१ करोड बढी बक्यौता राजश्व संकलन गर्नु कार्यालयको उपलव्धी हो” शर्माले भन्नुभयो “राजश्व वृद्धिमा कार्यालयको ध्यान केन्द्रित छ, आगामी दिनमा अनुगमन, परीक्षण र छानविनलाई तिब्रता दिएर छली हुन थालेको राजश्व संकलन गरिने छ, व्यवसायी, उद्योगी तथा फर्मले राजश्व नतिर्दा हुन सक्ने जरिवानाका विषयमा जानकारी नभएको, राम्रो हिसाव राख्न नजान्दा र केही करदाताले नियतवस राजश्व छली गरेको पाइएको छ ।”
आन्तरिक राजश्वक कार्यालयले गत आर्थिक वर्षमा कुल ६३ जना करदाताको छानविन, परीक्षण र अनुसन्धान गरि आयकर तर्फ दुई करोड ७६ लाख ५४ हजार र मूल्य अभिवृद्धि कर तर्फ रु. दुई करोड ५८ लाख ५१ हजार गरी रु.५ करोड ३५ लाख ५ हजार थप कर उठाइएर राजश्व छली हुनबाट जोगाएको छ ।

यस्तै, १०२ वटा करदाताको दु्रत छानविनबाट रु.३५ लाख ७९ हजार राजश्व तथा असुल तथा १८२ वटा करदाताको अनुगमनबाट ३ लाख ५ हजार जरिवाना संकलन गरिएको हो ।

आन्तरिक राजश्व कार्यालयका अनुसार सफ्टवयरमा राखिएको विवरण अनुसार राजश्व छलीको क्षेत्र समेत पहिचान हुने भएकाले उद्योगी तथा व्यवसायीले राजश्व समयमै यथार्थ विवरण अनुसार बुझाउदा राम्रो हुने जनाएको छ । कार्यालयल प्रमुख शर्माका अनुसार उपभोक्ताले तिर्ने कर व्यवसायीले अफ्नो खल्तीबाट तिर्ने जस्तो गर्दा वा करको विषयमा नबुझ्दा यस्तो समस्या भएको हो । कार्यालयले गत आर्थिक वर्षमा ठूलो मात्रामा राजश्व छली हुन थालेको रकम मात्र नभएर वर्षेदेखि राजश्व तिर्न आनाकानी गरेको २१ करोड ५४ लाख बक्यौता राजश्व संकलन गर्न सफल भएको छ ।

कार्यालयमा दरबन्दी अनुसारका कर अधिकृत भएमा अझै राजश्व चुहावट भएको क्षेत्रमा अनुगमन गर्न सकिने कार्यालय प्रमुख शर्मा बताउनुभयो । अहिले चार कर अधिकृतको दरवन्दी रहेको कार्यालयमा दुई कर अधिकृत छन् ।

बागलुङ जिल्लाको एक उद्योगले वर्षौदेखि बक्यौता राख्दै आएको तीन करोड राजश्व एकमुष्ठ तिरेको छ । “राजश्व तिर्न जति ढिलो ग¥यो, त्यति व्यवसायीलाई घाटा छ” कार्यालय प्रमुख शर्माले भन्नुभयो “बैंकको व्याज भन्दा राजश्व बक्यौता राख्दा बढी जरिवाना लाग्ने भएकाले समयमै कर तिर्न अनुरोध गर्दछु ।” शर्माका अनुसार अहिले छल्दै आएको कर वर्षौ पछि समेत अध्ययन तथा परीक्षणका क्रममा फेला परे जरिवाना सहित असुल उपर गर्न सकिने कानूनी प्रावधान भएकाले राजश्व छल्न हुँदैन ।” लामो समय राजश्व नतिर्ने व्यवसाय तथा उद्योग बन्द गर्न सकिने समेत प्रावधान रहेकाले सचेत हुन र कर सम्बन्धी ज्ञान लिएर व्यवसाय सञ्चालन गर्न कार्यालयको अनुरोध छ ।
कार्यालयले गत आर्थिक वर्षमा कर बक्यौता असुली तर्फ आयकर रु. १५ करोड ९१ लाख ३८ हजार, मुल्य अभिवृद्धि कर तर्फ रु.५ करोड ६२ लाख ८९ हजार गरी रु.२१ करोड ५४ लाख १५ हजार बक्यौता असुली भएको छ । जानेर वा नजानेर राजश्व छली भएको देखिएमा तुरुन्तै राजश्व उठाइने कार्यालयको भनाई छ ।

धौलागिरीका चार जिल्ला बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङ जिल्लाको राजश्व संकलन गर्ने आन्तरिक राजश्व कार्यालय बगालुङले आर्थिक वर्ष २०७७/०७८ लक्ष्य भन्दा ५७.२६ प्रतिशत बढी राजश्व संकलन गर्न सफल भएको छ ।

आन्तरिक राजश्व कार्यालय बागलुङले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक लक्ष्य रु.८६ करोड २० लाख ६ हजार रहेकोमा लक्ष्य भन्दा ५७.२६ प्रतिशत बढी रु. १ अर्व ३५ करोड ५५ लाख ६८ हजार राजश्व शंकलन गरेको छ । जस्मा बक्यौता झण्डै २२ करोड र राजश्व छली हुन थालेको झण्डै छ करोड रहेको छ । धौलागिरीका चार जिल्लामा १७ हजार करदाता रहेको कार्यालयको तथ्याङक छ । कार्यालयले विभिन्न स्थानमा गएर उद्योगी तथा व्यवसायीलाई करदाता शिक्षा समेत दिदै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *