बागलुङमा पहिलो पटक ट्राफिक डमीको प्रयोग

डम्मर बुढा मगर, बागलुङ
जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले जिल्लामा ट्राफिक नियमलाई व्यवस्थि तगर्न थालेको छ । कम जनशक्ति भएको जिल्लामा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन बागलुङ बजारको विभिन्न चोकमा ट्राफिक डमी राख्न थालिएको ट्राफिक कार्यालय प्रमुख बद्रिनाथ शर्माले जानकारी दिनुभयो ।

जिल्लामा दुर्घटना न्यूनिकरण तथा ट्राफिक नियमको पालना गराउनको लागि ट्राफिक डमीको प्रयोग सुरु गर्न थालिएको शर्माको भनाई छ । उहाँले विभिन्न दाताहरुको सहयोगमा बजार क्षेत्रको विभिन्न स्थानमा ट्राफिक डमी राखेको बताउनुभयो ।

बागलुङ उद्योग वाणिज्य सघं, रोटरी क्लव अफ बागलुङ र स्थानीय शिव आचार्यको सहयोगमा ट्रफिक डमी राखिएको शर्माले बताउनुभयो । बागलुङमा अहिलेसम्म कुनै पनि बजारमा ट्राफिक डमी राखिएको छैन ।

बजार क्षेत्रमा सवारी साधनको चापका दिनदिनै बढ्न थालेपछि ट्राफिक व्यवस्थापनमा चुनौति थपिएको हुँदा यसलाई व्यवस्थापनका लागि नयाँ विधि अपनाएको प्रमुख शर्माको भनाई छ । यसको प्रयोगले ट्राफिक व्यवस्थापनमा केही सहजता हुने र दुर्घटना न्यूनिकरणका लागि टेवा पुग्ने बताउनुहुन्छ ।

‘बजार क्षेत्रमा दिनदिनै सवारी साधानको चाप बढ्दै जान थालेको छ, जिल्लामा कम जनशक्ति भएको हुँदा ट्राफिक व्यवस्थापनमा केही समस्या देखिन थालेको थियो’ प्रमुख शर्माले भन्नुभयो ‘दुर्घटना हुने संभावना पनि देखियो, सबै ठाउँमा हाम्रो जनशक्तिले भ्याउन सक्ने अवस्था नरहेको हुँदा नयाँ विधि अपनाउन थालेका हौँ ।’

ट्राफिक डमीको प्रयोग बागलुङमा पहिलो पटक भएको उहाँको दाबी छ । बजार क्षेत्रमा ट्राफिक डमी प्रयोगमा आएपछि केही जनशक्तिलाई ग्रामीण सडकका नाकाहरुमा परिचालन गर्न सकिने शर्मा बताउनुहुन्छ ।

‘कम जनशक्ति हुँदा ग्रामीण क्षेत्रबाट आउने सवारी साधानको चेकजाँच गर्न सकिराखेको अवस्था छैन, अब ग्रामीण क्षेत्रमा संचालन हुने सवारी साधान पनि चेकजाँचको दायरामा ल्याउने तयारीमा छौँ,’ ट्राफिक प्रमुख शर्माले भन्नुभयो ‘बजार क्षेत्रमा ट्राफिक डमी प्रयोगमा आएपछि केही जनशक्तिलाई ग्रामीण सडकका नाकाहरुमा परिचालन गर्ने योजनामा छौँ ।’

बजार क्षेत्रमा जथाभावी पार्किङ, चालक तथा यात्रुमा ट्राफिक चेतनामा कमी लगायतका कारण अस्तव्यस्त बजारको ट्राफिक व्यवस्थापन प्रभावकारी गराउन डमिको प्रयोगले सहयोग पुग्ने अपेक्षा लिएको शर्माले बताउनुहुन्छ ।

सुरुमा बागलुङ बजारको बेस्त लोकतान्त्रिक चोक, क्याम्पस रोडमा ट्राफिक डमी राखिएको छ । ट्राफिक डमी प्रहरी जस्तै देखिने भएकाले सवारी चालकले आफ्नो सवारी साधनको गति नियन्त्रण गर्ने र ट्राफिक नियमको पनि पालना गर्ने भएकाले दुर्घटना हुने सम्भावना कम हुने बताइएको छ ।

बागलुङ बजारमा ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउँदै गए पनि जिल्लाको बुर्तिबाङ, निसीखोला, गलकोट, कुश्मिसेरा, बरेङ लगायतका क्षेत्रमा अझै पनि प्रभावकारी रुपमा व्यवस्थापन हुन सकेको छैन । मध्यपहाडी लोकमार्ग अन्तगर पर्ने धेरै जस्तो बजार क्षेत्रमा अहिले पनि ट्राफिक प्रहरी विहीन छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *