कालीगण्डकी नदीमा पौडी खेल्दा बागलुङका दुई बालक बेपत्ता

आदर्श अनलाइन,बागलुङ

पौडी खेल्ने क्रममा कालीगण्डकी नदीमा डुबेर बागलुङका दुई बालक बेपत्ता भएका छन् । सँगै पौडी खेल्न गएका दुई बालक भने सकुशल छन् ।

बागलुङ नगरपालिका १ निरयघाटमा कालीगण्डकी नदी किनारमा पौडी खेल्न गएका बागलुङ नगरपालिका–४ उपल्लाचौर बस्ने १३ वर्षीय अभिषेक बिक र १३ वर्षीय यमन भनिने यमबहादुर पुन बेपत्ता भएका हुन् ।

पौडी खेलिरहेका एक जनालाई बगाए पछि बचाउने क्रममा दुबै बालक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी इकवाल हवारीले बताए । अभिषेक रुद्रेपिपल माविमा कक्षा ७ मा अध्ययरत छन् भने यमनले ओयसिस एकेडेमीमा कक्षा ७ मा अध्ययनरत छन् ।

बिहीबार मध्यान्ह चार जना पौडी खेल्न गएकोमा ११ वर्षीय प्रश्न बिक र ११ वर्षीय भिषण पुन भने बाँच्न सफल भएका छन् । आफूहरु नदीमा नभई छेउमा आएको पानीमा खेलेको र एक्कासी दुई जनालाई बगाएको भीषण पुनले बताए । ‘घर अगाडि खेल्दै थियौ, दाइहरुले तल पौडी खेल्न हिँड भनेपछि गएका हौं,’ विकले भने, ‘विवश र म डराएर छेउको पानीमा खेल्यौ, दुई जना नदीमै गएर खेल्दै थिए, बगायो भने पछि हेर्दा एक जनालाई मात्र अलि तल सम्म बगाएको देख्यौ ।’

बेपत्ता दुई बालकको सशस्त्र प्रहरीका प्रहरी निरीक्षक सागर तिमिल्सिना नेतृत्वको विपद व्यवस्थापन टिमले खोजी कार्य जारी राखेको डिएसपी हवारीले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *