नदीको बाहव नघट्दा वेपत्ता बालकहरुकोे खोजीमा समस्या


–आदर्श अनलाइन, बागलुङ

बिहीबार दिउँसो कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका दुई बालकको खोजी कार्यमा समस्या भएको छ । कालिगण्डकी नदीमा निरन्तरको वर्षातका कारण बाहव बढेका कारण खोजी कार्यमा समस्या भएको जिल्ला प्रहरी कायाृलय बागलुङले जनाएको छ । बेगले बग्ने कालीगण्डकी नदीमा पछिल्लो समय नदिको बाहव बढेसंगै वेपत्ता बालकहरुको खोजीमा समस्या भएको हो ।

वेपत्ता भएलगत्तैबाट जिल्ला प्रहरी कार्यालय, विपद् व्यवस्थापन गुल्म तथा परिवारका सदस्यले खोजी कार्य जारी राखेपनि नदीको बाहव बढ्दा खोजी कार्यामा समस्या भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक विराट शर्मा पोडेलले जानकारी दिनुभयो । नदीको बेग संगै बाहव समेत बढ्दा गोताखोर ल्याउन समेत समस्या भएको छ । कालीगण्डकी नदिको निरयघाटमा पौडी खेल्ने क्रममा बागलुङ नगरपालिका–४ का दुई बालक बेपत्ता भएका छन् ।

बागलुङ नगरपालिका–४ उपल्लाचौर बस्ने हरिबहादुर बिकका १३ वर्षीय छोरा अभिशेक बिक र सोही ठाउँका १३ वर्षीय यमबहादुर पुन बेपत्ता भएका हुन् ।

अहिले कुस्माको बन्जी पुल सम्म बालकहरु खोज्ने कार्य भएको र जैमिनी, बलेवा प्रहरी चौकीले समेत नदी किनारामा खोजतलास गरेपनि उनिहरुको अवस्था अझै अज्ञात रहेको प्रहरी निरिक्षक पौडेलले बताउनुभयो ।

“नदीमा पानीको बाहव उच्च छ त्यसैमाथी कालिगण्डकी नदी धमिलो हुन्छ, गोताखोरले तलाउ र कम वेगले बगेको नदीमा मात्रै खोज्ने काम गर्छ” पौडेलले भन्नुभयो “जिल्ला प्रहरी कार्यालयको सात जना र विपद् गुल्मका ७ जना गरी १४ जना प्रहरीले खोजी कार्य जारी राखेको छ, नदीको बाहव बढी भएकाले बालकहरुलाई नदी भन्दा धेरै तल पु¥याएको हाम्रो अनुमान छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *