बागलुङमा भदौ ५ सम्म निषेधाज्ञा, अत्यावश्यक बाहेक सबै बन्द

आदर्श अनलाइन, बागलुङ

बागलुङमा कारोना संक्रमण दर बढ्दै गएपछि निषेधाज्ञालाई कडाई गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बागलु्ङमा मंगलबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिएमसि)को बैठकले साउन २८ गतेदेखि भदौं ५ गते सम्म कडाएका साथ निषेधाज्ञा गर्ने निर्णय गरेको निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गौतमले जानकारी दिनुभयो ।

बैठकले साउन २८ गते बिहान ५ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा थप कडाइका साथ लागू गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञाको समयमा सरकारी र गैर सरकारी कार्यालयहरु,बैंक,सहकारी,विमा तथा वित्तिय संस्था, शैक्षिक संस्थाहरु र अतिआवश्यक बाहेकका सार्वजनिक तथा निजी यातायात बन्द गरिने भएको छ ।

बैठकले अत्यावश्यक खाद्यान्न, आइतबार, बुधबार र शुक्रबार मात्रै बिहान १० बजेसम्म सञ्चालन गर्न दिइने भएको छ । फलफूल, माछामासु तथा दूध ढुवानी र वितरण विहान १० वजे सम्म सञ्चालनमा आउने छ ।

जिल्लामा ६०३ जना संक्रिय संक्रमित रहेका छन् भने ६३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देश प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

बागलुङ नगरपालिकाले १० दिन कडा निषेधाज्ञा गर्न जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डिसिएमसिलाई सोमबार सिफारिस गरेको थियो । संक्रिय संक्रमितको आधा संक्रमित बागलुङ नगरपालिकामा मात्रै छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *